१ भदौ २०८३, सोमबार | August 17, 2026

आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाउन नसकेको बताएका छन ।

नेपाल आर्थिक पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’सम्बन्धी कार्यक्रममा अध्यक्ष ढकालले राजनीतिक दलहरू आफ्नो एजेन्डाभन्दा पनि अन्य दललाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाएकामा चिन्ता व्यक्त गरे ।

कुनै पनि दलका घोषणापत्रमा अहिलेसम्म निजीक्षेत्र र आर्थिक विषय प्राथमिकतामा नपरेका अध्यक्ष ढकालले बताएका नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । “दल आफ्ना एजेन्डामार्फत जनतामाझ जानुपर्नेमा निजी क्षेत्र, आर्थिक विषयलगायत विषयले प्राथमिकता पाउन सकेका छैनन्”, उनले भने ।

निजी क्षेत्रले राज्यमा पु¥याएका योगदानको चर्चा राजनीतिक नेतृत्व र दलबाट हुन नसकेका अध्यक्ष ढकालले चिन्ता व्यक्त गरे । निजी क्षेत्रलाई राज्यले प्रोत्साहन । संरक्षण नगर्ने हो भने अर्थतन्त्र चलायमान हुन नसक्ने उनले धारणा राखे ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  १ : २० बजे

विश्वासको मत लिने कार्यसूची प्रकाशित भएसँगै जसपाबाट प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

दाङ। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनाराण आचार्यले प्रदेशसभाबाट विश्वासको मत

भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिवाट मानार्थ महारथीको दर्ज्यानी प्रदान

काठमाडौं । भारतीय सेनाका प्रमुख धिरज सेठले आज मानार्थ महारथीको

साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा सरकारी

किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई थप चार

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड