२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न ट्रेड युनियनहरूको माग



काठमाडौं । तीनवटा ट्रेड युनियनहरुले अनौपचारिक र स्वरोजगार क्षेत्रलाई समेट्नेगरी सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न माग गरेका छन् ।

सामाजिक सुरक्षा दिवसको अवशर पारेर नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस र अखिल नेपाल ट्रेड युनियन महासंघले सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न मा गरेका हुन् ।

रोजगारीको सुरक्षाका लागि सामाजिक सुरक्षा कार्यविधिले नसमेटेको योजनालाई तत्काल सुरु गर्न समेत ट्रड युनियनहरुले माग गरेका छन् ।

योगदानकर्ताको आश्रित परिवारलाई समेट्ने गरी स्वास्थ्य तथा उपचार सुविधामा परिमार्ज पनि माग गरिएको नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले बताए ।

अवकाशपछिको स्वास्थ्य सुरक्षा समेत समेट्ने गरी कार्यक्रम विस्तार गर्न पनि माग गरिएको श्रेष्ठले जनाए । सामाजिक सुरक्षा कोषमा उपदान वा अवकाश कोषकै रुपमा स्वेच्छिक रुपले तोकिएभन्दा बढी रकम जम्मा गर्ने व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गरिएको उनले बताए ।

ट्रेड युनियनहरुले सामाजिक सुरक्षा कार्यक्रमको सचेतनाका लागि नेपाल सरकार, रोजगारदाता संघ र ट्रेड युनियन महासंघहरुले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने, संचयकोष तथा उपदान व्वस्थापन गर्न योगदानमा आधारित सामाजिक सुरक्षा ऐनसँग बाझिएका ऐन नियमहरु परिमार्जन गर्नुपर्ने माग पनि छ ।

अहिलेसम्म करिब १३ हजार प्रतिष्ठानका १ लाख ७९ हजार ३ सय ४० श्रमिक कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा सूचिकृत भएपनि अझै धेरै क्षेत्रलाई यसले आकर्षण गर्न सकेको छैन् । 

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ६ : ४८ बजे

ग्लोबल आइएमईले गर्यो प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडौ । ग्लोबल आइएमई बैंकले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आयोजना

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले लुम्बिनीमा अन्तराष्ट्रिय

विश्व प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले आज संसारभर उत्सव

विश्वकप क्रिकेट खेल्ने विद्यार्थीलाई फिनिक्स कलेजले गर्यो सम्मान

काठमाडौ । विश्वकप क्रिकेट खेल्ने विद्यार्थीहरुलाई फिनिक्स कलेजले सम्मान गरेको

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

सिरहा । आफ्नै बुवा ५१ वर्षीय चन्दर यादवको कुटपिट गरी