४ पुस २०८२, शुक्रबार | December 19, 2025

आईओएफटीसीले डिसेम्बरमा अनलाइन पुम्से च्याम्पियनसिपको आयोजना गर्ने



काठमाडौं । इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को आयोजनामा दोश्रो आईओएफटीसी अनलाइन भिडियो पुम्से च्याम्पियनसिप हुने भएको छ ।

अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले आफ्नो २० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा ब्ल्याक वेल्ट र कलर वेल्ट गरी जम्मा ५० स्पर्धामा प्रतिस्पर्धा हुने आईओएफटीसीका निर्देशक दिवाकर महर्जनले जनाएका छन् । ब्ल्याक वेल्टमा पुरुष÷महिलामा समान ११–११ स्पर्धामा खेल हुने छ । कलर वेल्टतर्फ पुरुष÷महिलामा समान १४–१४ स्पर्धा समावेश छन् ।

प्रतियोगिताका लागि डिसेम्बर १५ देखि २५ तारिखसम्म बढीमा ९० मिनेट सम्मको श्रब्यदृष्य पठाउनु पर्ने छ । नतिजा ३१ डिसेम्बरमा सार्वजनिक गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही १ सय ५० अमेरिकी डलरबाट पुरस्कृत गरिने छ ।

नेपाली खेलाडीको सहभागितामा सहजीकरण गर्ने हेतुले रामचन्द्र ब्यन्जनकारको संयोजकत्वमा ५ सदस्यीय आईओएफटीसी हेल्प डेस्क टिम नेपाल गठन गरिएको छ । टिमका सदस्यहरुमा रजिन सिंह, अर्जुन महर्जन, निरोज गौतम र नमिका मोक्तान रहेका छन् ।

प्रतियोगिताको पहिलो संस्करण गत जुनमा भएको थियो । त्यत्ति बेला २८ राष्ट्रका ४ सय २७ खेलाडीले सहभागिता जनाएका थिए । कोरोना भाइरसको जोखिमका कारण खेलमा फर्कन नपाइरहेको अवस्थामा प्रतियोगिताले खेलाडीलाई थारै भएपनि राहत दिने निर्देशक महर्जनले बताए ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको