३ चैत्र २०८२, मंगलबार | March 17, 2026

त्रिशुलीमा वेपत्तामध्ये चालक र महिलाको शव फेला, बालिकाको खोजीकार्य जारी



काठमाडौं । प्यूठानबाट काठमाडौं आउँदै गरेको जीप त्रिशुली नदीमा खस्दा वेपत्ता भएका तीन जना मध्ये दुई जनाको शव फेला परेको छ ।

बिहीबार बिहान लु १ च ९७३१ नम्बरको जिप मुग्लिन नजिकै त्रिशुलीमा खस्दा प्यूठानको झिम्रुक गाउँपालिका–५ खहरेकी जमुना रोका, उनकी १५ वर्षीया छोरी जिनिशा रोका र जिप चालक सूर्य केसी वेपत्ता भएका थिए ।

त्यसलगत्तै प्रहरीले खोजीकार्य सुरु गरेको थियो । वेपत्तामध्ये चालक र महिलाको शव जीपमै अड्किएको अवस्थामा फेला परेको चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिएका छन् । सुरुमा चालक र त्यसपछि महिलाको शव निकालिएको थियो ।

बेपत्ता भएकी बिरामी जिनिसा रोक्काको खोजी कार्य भइरहेको छ । सशस्त्र प्रहरीको विपत् व्यवस्थापन तालीम शिक्षालयले बेपत्ता रोक्काको खोजी गरिरहेको छ।

जमुनाका श्रीमान मुकुन्दराज रोका भने नदीबाट बाहिर निस्कन सफल भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । रोकालाई प्रहरीले उद्धार गरेको थियो । उनको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

रोका नेकपा मसालको युवा संगठन अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुन् ।

 

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  १० : २८ बजे

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै