३ चैत्र २०८२, मंगलबार | March 17, 2026

उपल्लो डोल्पामा दुई वर्षपछि चामल ढुवानी प्रक्रिया सुरु



जाजरकोट । विगत दुई वर्षदेखि रोकिएको खाद्यान्न ढुवानी कार्य उपल्लो डोल्पामा बल्ल शुरु भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेशले उपल्लो डोल्पामा खाद्यान्न ढुवानीका लागि बोलपत्र निकालेर ठेक्का लगाएपछि चामल ढुवानी कार्य अगाडि बढेको हो ।

उपल्लो डोल्पामा हिमपात शुरु हुनुभन्दा पहिला नै त्यहाँ खाद्यान्न ढुवानी कार्य पूरा गरिने बताइएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माथिल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र सेफोक्सुन्डो गाउँपालिकामा चामल ढुवानीका लागि ठेक्का लगाएको छ ।

तीनवटै स्थानीय तहमा एउटै ठेकेदार कम्पनीले ढुवानीको जिम्मा पाएको छ । सुर्खेतदेखि स्थलमार्ग भएर डोल्पामा चामल ढुवानी गरी सम्बन्धित स्थानीय तहमा पुर्याइने कम्पनीको डोल्पा शाखा प्रमुख कमलराज पाण्डेले बताए ।

बोल–कबोलका आधारमा दिनेश निर्माण सामग्री सप्लायर्स बाँकेले खाद्यान्न ढुवानीको जिम्मा पाएको छ । सप्लायर्सले सुर्खेतदेखि डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धो, छार्काताङसोङको ढारगाउँ र से फोक्सोण्डो कोसाल्दाङसम्म चामल ढुवानी गर्ने छ ।

कम्पनीले धोसम्म प्रतिक्विन्टल आठ हजार ४८०, ढारगाउँसम्म नौ हजार ४९० र साल्दाङसम्म १० हजार ९९५ रुपैयाँमा चामल ढुवानी हुने जनाएको छ ।

गत आर्थिक वर्षभरि डोल्पामा अनुदानको चामल ढुवानी भएन भने कोरोनाका कारण थप समस्या भएको थियो । गत वर्षसम्म चीनबाट चामल ढुवानी हुन्थ्यो । कोरोना महामारीका कारण चीनले सीमा नाका बन्द गरेको छ ।

यसअघि कम्पनीले काठमाडौँबाट सोझै चामल ढुवानी गर्दै आएको थियो । चीनतर्फको नाका बन्द भएपछि स्थलमार्गबाट पहिलोपल्ट चामल ढुवानी हुन लागेको हो ।

शाखा प्रमुख पाण्डेले केही दिनमै डोल्पामा खाद्यान्न पुग्ने बताए । उनका अनुसार सस्तो चामल प्रतिक्विन्टल चार हजार ९०० र महँगो चामल रु छ हजार ६०० मा उपभोक्ताले किन्न पाउने छन् ।

हाल स्थानीयवासीले बजारबाट प्रतिक्विन्टल १२ देखि २० हजारसम्ममा किनेर चामल उपभोग गरिरहेका छन् । -रासस

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  १० : ४७ बजे

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै