२५ असार २०८३, बिहिबार | July 9, 2026

पुनःनिर्माणको काम दुई वर्षभित्र सकिने : मन्त्री भट्टराई



काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले भूकम्पबाट क्षति पुगेका सांस्कृतिक तथा धार्मिक सम्पदा दुई वर्षभित्र पुनःनिर्माण गरिने बताएका छन् । नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको नारायण चतुव्यूह नारायण मन्दिर प्रवेशद्धारको आज उद्घाटन गदै मन्त्री भट्टराईले भूकम्पबाट क्षति भएका एक हजार सम्पदामध्ये ५०० भन्दा बढी निर्माण सम्पन्न भएको र आउँदो दुई वर्षभित्र सबै पुनःनिर्माण गरिसक्ने बताए ।

मन्त्री भट्टराईले रानीपोखरी, दरबार हाइस्कुल, पाटन, पशुपति क्षेत्रलगायत अधिकांश क्षेत्रको पुनःनिर्माण सम्पन्न भएको बताउँदै २२ तले धरहराको पुनःनिर्माणको काम पनि १८ तलासम्मको सम्पन्न भएको जानकारी दिए । सांस्कृतिक तथा धार्मिक सम्पदा मानव सभ्यताको प्रतीक भएको बताउँदै मन्त्री भट्टराईले मन्दिर, गुम्बा चैत्यको उचित संरक्षण गरिने बताए । उनले भने, “विभिन्न काल खण्डको इतिहास संरक्षण गर्दै युगौयुगसम्म बचाउनुपर्ने सरकारको दायित्व हो । इतिहासमा के कस्तो काम भएका थिए, लिच्छबी काल र मल्लकालमा कस्तो थियो, ती सबै भावी पुस्ताले हेर्न तथा अध्ययन गर्न सक्नेगरी संरक्षण गर्न सरकार लागि परेको छ ।” पर्यटनमन्त्री भट्टराईले काठमाडौँको धार्मिक तथा सांस्कृतिक सम्पदालाई जोडेर सर्किटको रुपमा विकास गरिने बताए ।

पूर्वमन्त्री एवं सांसद गगनकुमार थापाले काठमाडौँको नागपोखरी आसपासमा रहेको सात वटा १०० वर्षभन्दा पुराना घरको संरक्षण गर्न सरकारसँग माग गर्नुभयो । उनले पशुपतिदेखि नारायणहिटी दरबारसम्मका विभिन्न पुरातात्विक सांस्कृतिक सम्पदाको एउटै प्याकेज बनाएर संरक्षण गर्न अनुरोध गरे । अर्का सांसद भीमसेनदास प्रधानले नारायण मन्दिर लिच्छवीकालीन ऐतिहासिक मन्दिर भएको कारण यसको संरक्षण गरिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ५ : ४५ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको