९ चैत्र २०८२, सोमबार | March 23, 2026

चन्द्र ढकालले चुनाव जित्न सक्ने यी हुन् १० आधार



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औैं वार्षिक साधारणसभा बिहीबारबाट सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको साधारणसभाबाट नयाँ नेतृत्वको चयन हुनेछ ।

महासंघमा वरिष्ठ उपाध्यक्ष पदमा को विजयी बन्छ भन्ने कुरा विशेष चासोका साथ हेरिएको छ । महासंघको स्वतः अध्यक्ष बन्ने भएका कारण पनि वरिष्ठ उपाध्यक्षको पदमा सबै उद्योगी व्यवसायी मात्र नभएर राज्यको समेत विशेष चासो बनेको हो ।

यो पदमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान भिडिरहेका छन् । त्यसो त यसपटक महासंघमा प्रष्टसँग दुई प्यानल चुनावी मैदानमा छ । यसअघि विरलै देखिने यस्तो चुनाव पूर्ण लोकतान्त्रिक प्रक्रियामार्फत हुँदैछ ।

वरिष्ठ उपाध्यक्षका दुवै उम्मेदवारले विजयी बन्ने दाबी गरेका छन् । तर निर्वाचनमा चासो राख्नेहरु अनुसार चन्द्र ढकाल र उनको समुहको पल्ला भारी देख्छन् । चन्द्र ढकालले चुनाव जित्न सक्ने यी हुन् १० आधार :

१. दर्जनौ व्यवसायहरुको सफल नेतृत्व गरिरहेका चन्द्रप्रसाद ढकाल नेपालको निजी क्षेत्रमा स्थापित व्यवसायी हुन् । आफ्नो व्यवसायमा सफल व्यक्तिले नै महासंघको वास्तविक नेतृत्व गर्न सक्दछ । यसको तुलनामा प्रधानको व्यावसायिक धरातल भने अत्यन्तै कमजोर रहेको छ । कमजोर व्यवसायिक धरातल हुने व्यक्तिले निजी क्षेत्रको सबैभन्दा ठूलो संगठनलाई अगाडि बढाउँछन् भन्नेमा विश्वस्त हुन सकिँदैन ।

२. देशैभरिका साना मझौलादेखी ठूला सबै क्षेत्रका व्यवसायीहरुले आफ्नो साझा उमेद्वारका रुपमा ढकाललाई हेरेका छन् । उनी यसअघि महासंघमा एसोसिएटका तर्फबाट निर्विरोध चयन भएका हुन् । त्यसो त किशोर प्रधान यसअघि पनि वरिष्ठ उपाध्यक्ष पदमा उठेर पराजित भएका थिए । तर यसपटक भावी अध्यक्ष शेखर गोल्छाले उनलाई समर्थन गरेको बताइएको छ । यद्यपी चन्द्र ढकाललाई पूर्व अध्यक्षहरु, अग्रज व्यवसायीहरु, जिल्ला तथा नगर, एशोसियट तथा बस्तुगतका सबै क्षेत्रको उत्तिकै समर्थन देखिन्छ ।

३. चन्द्र ढकालले नेपाल उद्योग वाणिज्य महासंघमा यसअघिका कार्यकालमा कुशलतापूर्वक पदीय जिम्मेवारी निर्वाह गरेका थिए । रोजगारदाता परिषद्को सभापतिका हैसियतले उनले गरेका कामहरु लोकप्रिय छन् । आम उद्योगी, व्यवसायीका समस्याप्रति जानकार एवम् समाधानका लागि पहल गर्न सक्ने सक्षम व्यक्ति ढकाल हुन् । (२८ वर्षसम्म पनि महासंघमा रहँदा किशोर प्रधानबाट निजी क्षेत्रको हितका लागि कुनै उल्लेखनीय काम नभएको ढकाल समुहको दाबी छ ।)

४. ढकालले समग्र निजी क्षेत्रको उत्थानका विषयलाई आफ्नो एजेण्डामा समेटेका छन् । कोभिड–१९ को माहामारीले थलिएको नेपालको आर्थिक क्षेत्रको निकासदेखि लिएर नेपालमा एफडीआई भित्र्याउनका लागि लगानी मैत्री वातावरण सिर्जना गर्ने र नेपाली उद्योगी व्यापारीहरुलाई विदेशी लगानीकर्ताको नेपालको साझेदार बनाउने सम्मका विषयलाई आफ्नो एजेण्डाको प्राथमिकताको केन्द्रमा राखेका छन् ।

५. सानो व्यवसायबाट उदाएका ढकालले साना मझौला व्यवसायी देखि ठूला उद्योगी व्यवसायीसम्मका सरोकारका विषयबस्तुलाई सहजै बुझ्न सक्छन् । उनीहरुको समस्या समाधानका लागि प्रभावकारी पहल गर्न सक्छन् । जटिल विषयवस्तुहरुलाई नीति निर्माताका तहसम्म पु¥याउने क्षमता देखिन्छ ढकालमा ।

६. ढकाल सामुहिक नेतृत्वमा विश्वास गर्ने व्यक्ति हुन् । सबैलाई समेटेर लैजान सक्ने विशिष्ट क्षमता छ उनमा । उनको साथमा अनुभवी, विषयविज्ञ र सक्षम टिम पनि रहेको छ । महासंघलाई नयाँ उचाईमा पु¥याउन उनको टिम प्रतिवद्ध छ ।

७. ढकालले व्यवसायीहरुको समस्या सम्बोधनमा कुशल अभिभावकिय जिम्मेवारी पनि निर्वाह गरेका छन् । उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष चक्र अधिकारी र महासंघका केन्द्रीय सदस्य किशोर आचार्यको सवारी दुर्घटना पश्चात ढकालले दिनरात खटिएर गरेको उद्धारको व्यवसायीहरुले प्रशंशा गरेका छन् । संकटमा साथ सहयोगको सारथी बन्नुमा नै नेतृत्व क्षमता झल्किन्छ ।

८. महासंघ जस्ता संस्थालाई विज्ञ संस्थाको रुपमा विकास गर्न, राज्यसँग अर्थपूर्ण साझेदारी एवम् निति निर्माणमा पैरवी गर्न, नेपालको समग्र निजी क्षेत्रको समावेशी विकास गर्न र महासंघको संस्थागत क्षमता अभिवृद्धि गर्दै निजी क्षेत्रको वास्तविक छाता संगठनका रुपमा महासंघलाई अगाडि बढाउन अनुभव र क्षमताका आधारमा चन्द्र ढकाल अब्बल छन् । उनले सरकारबाट महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी), कान्तिपुर वर्षका दश–२०७० लगायत कैयौं राष्ट्रिय अन्र्तराष्ट्रिय सम्मानहरु प्राप्त गरिसकेका छन ।

९.उमेरका हिसाबले प्रधान सिनियर भए पनि नयाँ, समावेशी र सक्षम युवा टिम लिएर निजी क्षेत्र हाँक्न सक्ने खुबी ढकालमा देखिन्छ । महासंघमा आबद्ध समयावधि मात्र स्तरीय मापदण्ड होईन भन्छन् चन्द्र ढकाल ।

१०. निर्वाचित भैसकेपछि चुनावका एजेण्डा र आश्वासनहरु बिर्सिने, आफ्नो व्यवसायलाई मात्र महत्व दिने, राजनीति गर्ने गुनासो छ अधिकांश उद्योगी, व्यवसायीहरुको । तर सतहत्तरै जिल्लामा व्यावसायिक नेटवर्क भएका ढकाल महासंघको नेतृत्वमा हुँदा होस वा नहुँदा सदैव आम उद्योगी, व्यवसायीहरुको सामिप्यमा रहन्छन् । उनको यहि व्यवसायिक नेटवर्ककै कारण पनि देशका उद्योगी, व्यवसायीहरुसँग टाढिने छुट ढकाललाई छैन ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ५ : ५१ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा