३ चैत्र २०८२, मंगलबार | March 17, 2026

नेतृत्वले विवेक गुमाउँदा नेपालमा राजनीतिक समस्याः मुख्यमन्त्री पोखरेल



बुटवल । रुपन्देहीको सैनामैनामा नेपालकै पहिलो स्मार्ट रिफ्रेस सेण्टर स्थापना गरिने भएको छ । राजमार्गमा हुने सवारी दुर्घटना न्युनिकरण र राजमार्गको सरसफाईलाई ध्यानमा राखेर सैनामैनामा लुम्बिनी प्रदेश सरकारको लगानीमा नेपालमै पहिलो स्मार्ट रिफ्रेस सेण्टर स्थापना हुने भएको हो ।

राजमार्गमा अब्यवस्थित पार्किङ गरेर फोहर गर्ने कार्यलाई निरुत्साहित गर्न र लामोदुरिको चालकहरुलाई केहिबेर आराम गर्ने ब्यवस्था गरि सवारी दुर्घटना न्युनिकरण गर्न प्रदेश सरकारले रिफ्रेस सेण्टरको स्थापनाको अवधारणा ल्याएको प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयले जनाएको छ ।

अत्याधुनिक रिफ्रेस सेण्टरको आज एक समारोहका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गरेका छन् । शिलान्यास समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेलले रिफ्रेस सेण्टरले बहउपयोगी काम गर्ने बिश्वास ब्यक्त गरे । उनले वर्तमान सरकार समृद्ध नेपाल सुखी नेपालीको अभियानमा अगाडि बढेकाले अस्थिरताको आशंका नगर्न आग्रह गरे । उनले नेपालका शिर्ष नेताहरुमा क्रान्ति गर्ने तर उपलब्धीको ब्यवस्थापन गर्न नसक्ने कमजोरी रहेको उल्लेख गर्दै नेतृत्वले विवेक गुमाएका कारण नेपालमा राजनीतिक समस्या आएको आरोप लगाए ।

नेपालमा ९, ९ महिनामा सरकार बदल्ने बानी परेको उल्लेख गर्दै पोखरेलले त्यही परम्परा अनुसार सरकार बदल्ने र पालो कुर्ने संस्कार बसेको उल्लेख गरे । उनले सहमती र सहकार्य अहिलेको अपरिहार्यता रहेको दाबी गर्दै देखिएका समस्याको सामना गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरीले नेपाली समान्यज्ञानमा नेपालको पहिलो रिफ्रेस सेण्टर रुपन्देहीको संचालनमा आएको इतिहास कायम गर्न पाउनु जिल्लाबासीका लागि गौरवको बिषय भएको बताए ।

सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले सैनामैनाले राजमार्गको सुरक्षा तथा आरामदायी रिफ्रेस सेण्टर संचालनमा उदाहरण प्रस्तुत गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

दुई चरणमा सम्मपन्ने गर्ने गरि तयार गरिएको आयोजनाको पहिलो चरणको लागत अनुमान ४ करोड ८२ लाख रहेको छ । रिफ्रेस सेण्टरमा सवारी पार्कीङ, चार्जिङ सेण्टर, अत्याधुनिक शौचालय, चालक बिश्रामगृह, यात्रु प्रतिक्षालय, चमेना गृह लगायतका सुबिधा रहने छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १ : ५१ बजे

हुरीबतासबाट रुख ढलेर उदयपुरमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको