६ बैशाख २०८२, शनिबार | April 20, 2025

नेतृत्वले विवेक गुमाउँदा नेपालमा राजनीतिक समस्याः मुख्यमन्त्री पोखरेल



बुटवल । रुपन्देहीको सैनामैनामा नेपालकै पहिलो स्मार्ट रिफ्रेस सेण्टर स्थापना गरिने भएको छ । राजमार्गमा हुने सवारी दुर्घटना न्युनिकरण र राजमार्गको सरसफाईलाई ध्यानमा राखेर सैनामैनामा लुम्बिनी प्रदेश सरकारको लगानीमा नेपालमै पहिलो स्मार्ट रिफ्रेस सेण्टर स्थापना हुने भएको हो ।

राजमार्गमा अब्यवस्थित पार्किङ गरेर फोहर गर्ने कार्यलाई निरुत्साहित गर्न र लामोदुरिको चालकहरुलाई केहिबेर आराम गर्ने ब्यवस्था गरि सवारी दुर्घटना न्युनिकरण गर्न प्रदेश सरकारले रिफ्रेस सेण्टरको स्थापनाको अवधारणा ल्याएको प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयले जनाएको छ ।

अत्याधुनिक रिफ्रेस सेण्टरको आज एक समारोहका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गरेका छन् । शिलान्यास समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेलले रिफ्रेस सेण्टरले बहउपयोगी काम गर्ने बिश्वास ब्यक्त गरे । उनले वर्तमान सरकार समृद्ध नेपाल सुखी नेपालीको अभियानमा अगाडि बढेकाले अस्थिरताको आशंका नगर्न आग्रह गरे । उनले नेपालका शिर्ष नेताहरुमा क्रान्ति गर्ने तर उपलब्धीको ब्यवस्थापन गर्न नसक्ने कमजोरी रहेको उल्लेख गर्दै नेतृत्वले विवेक गुमाएका कारण नेपालमा राजनीतिक समस्या आएको आरोप लगाए ।

नेपालमा ९, ९ महिनामा सरकार बदल्ने बानी परेको उल्लेख गर्दै पोखरेलले त्यही परम्परा अनुसार सरकार बदल्ने र पालो कुर्ने संस्कार बसेको उल्लेख गरे । उनले सहमती र सहकार्य अहिलेको अपरिहार्यता रहेको दाबी गर्दै देखिएका समस्याको सामना गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरीले नेपाली समान्यज्ञानमा नेपालको पहिलो रिफ्रेस सेण्टर रुपन्देहीको संचालनमा आएको इतिहास कायम गर्न पाउनु जिल्लाबासीका लागि गौरवको बिषय भएको बताए ।

सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले सैनामैनाले राजमार्गको सुरक्षा तथा आरामदायी रिफ्रेस सेण्टर संचालनमा उदाहरण प्रस्तुत गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

दुई चरणमा सम्मपन्ने गर्ने गरि तयार गरिएको आयोजनाको पहिलो चरणको लागत अनुमान ४ करोड ८२ लाख रहेको छ । रिफ्रेस सेण्टरमा सवारी पार्कीङ, चार्जिङ सेण्टर, अत्याधुनिक शौचालय, चालक बिश्रामगृह, यात्रु प्रतिक्षालय, चमेना गृह लगायतका सुबिधा रहने छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १ : ५१ बजे

समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य हुँदैन : गृह मन्त्रालय

काठमाडौँ । राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले लगाएको निषेधित

चितवन सेवा समाज बाँकेको शुभकामना तथा क्यालेन्डर विमोचन

नेपालगन्ज । चितवनबाट बाँकेमा बसोबास गरिरकेकाहरुको संगठन चितवन सेवा समाज

न्यू डाँफेको नेतृत्वमा दोस्रो पटक तिलकबीर सुनार, आगामी वर्ष गोल्ड कपको घोषणा

खजुरा । बाँके जिल्लाकै जेठो क्लब मध्यको न्यू डाँफे स्पोर्ट्स

लुम्बिनी कप अन्तराष्ट्रिय महिला फुटबल : भारतीय टिमलाई ४-० ले पराजित गर्दै पुलिस क्लव विजयी

नेपालगन्ज । नेपालगन्जमा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल

१० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिता सुरु

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १०औं मणिमुकुन्द कप