८ पुस २०८२, मंगलबार | December 23, 2025

कोरोना बिशेष अस्पताल बुटवलमा एकै रात २ जनाको मृत्यु



बुटवल । बुटवल स्थित कोरोना बिशेष अस्पतालमा उपचाररत २ जनाको गयराती निधन भएको छ । बुटवल र कपिलवस्तुबाट उपचारका लागि भर्ना भएका २ जना पुरुषको गयराती मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

बुटवल उपमहानगरपालिका ७ का ४२ वर्षीय तथा कपिलवस्तु २ गोरुसिङ्गेका ७४ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । बुटवलका संक्रमित पुरुष गत मंसिर ५ गतेबाट अस्पतालमा उपचाररत थिए भने कपिलवस्तुका संक्रमित ९ गतेबाट उपचाररत थिए ।

बुटवलका पुरुषको गयराती ११ः२५ बजे र कपिलवस्तुका संक्रमितको १०ः२० बजे मृत्यु भएको डा. गौतमले बताए । एकजनालाई मंसिर ५ गते र अर्कालाई मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु दुबैजना पहिलेदेखि नै मृगौलाको बिरामी रहि डाईलासिस गरिरहेको समेत अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ७ : ४१ बजे

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन

राष्ट्रपति पौडेलद्वारा प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल, प्रधानमन्त्री कार्की पनि सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई

रमेश लेखकलाई बयानका लागि पत्र काट्यो जाँचबुझ आयोगले

काठमाडौं । भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस