८ पुस २०८२, मंगलबार | December 23, 2025

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आज, ढकाल र प्रधानबीच कडा प्रतिस्पर्धा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदैछ ।

महासंघको ५४औं वार्षिक साधारण सभाको बन्दसत्र सम्पन्न भएसँगै वरिष्ठ उपाध्यक्ष लगायत पदाधिकारी चयनका लागि चुनाव हुन लागेको हो । ६३ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ ।

आज बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने मतदानका लागि काठमाडौंका तीन ठाउँमा मतदान केन्द्र तोकिएका छन । जिल्ला नगरतर्फका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा, एसोसिएटतर्फका लागि कार्की बैंक्वेट थापाथली र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान हुनेछ ।

कोरोना सङ्क्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको महासंघ निर्वाचन समितिले जनाएको छ । समितिका कुनै विवाद र समस्या नआए आज राति नै मतपरिणाम आउने समितिले जनाएको छ ।

महासंघको विधानअनुसार आजैदेखि वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन । वरिष्ठ उपाध्यक्षसहित अन्य बाँकी पदहरूमा मात्र चुनाव हुन लागेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान समूहबीच प्रतिस्पर्धा हुँदैछ । दुई जना कार्यसमिति सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचन समितिका अनुसार ६४ पदका लागि दुई वटा प्यानलबाट एक सय २३ जनाको उम्मेदवारी परेको छ । जिल्ला नगर समूहतर्फ १८ कार्यकारिणी सदस्यका लागि ३८ जना चुनावी मैदानमा छन् ।

त्यस्तै, एसोसिएतर्फ १९ कार्यकारिणी सदस्यका लागि ३१ र वस्तुतगत संघतर्फ १४ पदका लागि २८ जनाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ८ : २६ बजे

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन

राष्ट्रपति पौडेलद्वारा प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल, प्रधानमन्त्री कार्की पनि सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई

रमेश लेखकलाई बयानका लागि पत्र काट्यो जाँचबुझ आयोगले

काठमाडौं । भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस