९ पुस २०८२, बुधबार | December 24, 2025

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार



कालिकोट । कालीकोट जिल्लाको पलाँता गाउँपालिकाबाट गर्भवती महिलाको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत लगिएको छ ।

पलाँता गाउँपालिका–७ पारौटीका ४० वर्षीया जयपुरा बमको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत शुक्रबार बेलुका उद्धार गरिएको हो ।

गर्भवती रहेकी बमको सुत्केरी ब्यथा लागेपछि स्थानीय स्वास्थ्यचौकीमा आएको र पाठेघरको मुख खुले पनि शिशु जन्मिन नसकेका कारणले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत लगिएको स्वास्थ्य केन्द्रका स्वास्थ्य शाखा प्रमुख हिमाल सन्ज्यालले बताए ।

बमको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले उनलाई सुविधा सम्पन्न स्थानमा उपचारका लागि हेलिकप्टरबाट सुर्खेत अस्पतालमा लगिएको पलाँता गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विनोद न्यौपानेले बताए।

“बमको शरीरमा रगतको मात्रा कमी रहेको तथा स्वास्थ्य अवस्थासमेत कमजोर रहेको छ”, उनले भने, “पाठेघरमा जटिल समस्या देखिएका कारणले उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पताल थप उपचारका लागि लगिएको छ ।”

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ९ : १४ बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)