८ पुस २०८२, मंगलबार | December 23, 2025

नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन : चारवटा प्रदेशको नतिजा सार्वजनिक



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको पछिल्लो परिणाम अनुसार २ नम्बर प्रदेशबाट केन्द्रीय सदस्यमा विजयकुमार शाह १२ मतसहित विजयी भएका छन् । शाहका निकटतम प्रतिद्वन्द्वी विनोदप्रसाद शाहले भने एक मत पनि प्राप्त गरेनन ।

यसैगरी, गण्डकी प्रदेशबाट बाबुराम गिरी ९ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत प्राप्त गरे । यसैगरी, लुम्बिनी प्रदेशबाट जसमेर मियाँ १० मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी हेमराज बन्जाडेले ९ मत प्राप्त गरे ।

यसैगरी, कर्णाली प्रदेशबाट लालिमान बुढा ७ मत प्राप्त गर्दै विजयी भए । उनका निकटम प्रतिस्पर्धी प्रकाश अधिकारीले ३ मत प्राप्त गरे ।

सुदुरपश्चिमबाट पुष्पराज कमर ८ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी देवबहादुर रोकायले २ मत मात्रै प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ८ : ५८ बजे

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र