२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

नरेश केसीको अध्यक्षतामा लुम्बिनी प्रेस क्लबमा नयाँ नेतृत्व चयन



बुटवल । लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर रुपन्देहीको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले नरेश केसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

भैरहवामा शनिबार सम्पन्न भएको अधिवेशनले उपाध्यक्षमा सम्झना शर्मा, महासचिवमा कमल रायमाझी, सचिवमा शंकर प्रसाद पाण्डे र कोषाध्यक्षमा प्रकाश न्यौपानेलाइ चयन गरेको हो ।

कार्यसमिति सदस्यहरुमा शम्भु पन्त, रबिन्द्र प्रताप गुप्ता, पुनहरि बेल्बासे, विवेक विश्वकर्मा, विष्णु भट्टराई र शशि पन्थी निर्वाचित भएको निर्वाचन समिति संयोजक कुलमणि ज्ञवालीले जानकारी दिए ।

त्यस्तै लेखा समिति संयोजकमा राधेश्याम विश्वकर्मा, सदस्यमा शिव कुमार चौधरी सचिने, अनुशासन समिति संयोजकमा विन्दु कुमार चौहान, सदस्यमा विरेन्द्र कुमार मिश्रा र पशुपति यादव निर्वाचित भएको ज्ञवालीले बताए ।

क्लबको तालिम समिति संयोजकमा दिपेन्द्र बडुवाल र सदस्यमा उषा सिंह निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष केसीले आफ्नो कार्यकालमा विशेष गरी पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम तथा कार्यक्रमलाई बढी जोड दिने बताए । उनले क्लबको कार्यालयलाई छिट्टै नै नयाँ भवनबाट सञ्चालन गरिने बताए ।

क्लबका अध्यक्ष दिपेश पछाईको अध्यक्षता, नेपाल पत्रकार महासंघका संस्थापक केन्द्रीय सदस्य नारायण प्रसाद सापकोटाको प्रमुख आतिथ्यता सल्लाहकार एवं साधारणसभा कार्यक्रम संयोजक कमल रायमाझीको स्वागत तथा महासचिव सम्झना शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ९ : २४ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज