४ श्रावण २०८२, आइतबार | July 20, 2025

नरेश केसीको अध्यक्षतामा लुम्बिनी प्रेस क्लबमा नयाँ नेतृत्व चयन



बुटवल । लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर रुपन्देहीको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले नरेश केसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

भैरहवामा शनिबार सम्पन्न भएको अधिवेशनले उपाध्यक्षमा सम्झना शर्मा, महासचिवमा कमल रायमाझी, सचिवमा शंकर प्रसाद पाण्डे र कोषाध्यक्षमा प्रकाश न्यौपानेलाइ चयन गरेको हो ।

कार्यसमिति सदस्यहरुमा शम्भु पन्त, रबिन्द्र प्रताप गुप्ता, पुनहरि बेल्बासे, विवेक विश्वकर्मा, विष्णु भट्टराई र शशि पन्थी निर्वाचित भएको निर्वाचन समिति संयोजक कुलमणि ज्ञवालीले जानकारी दिए ।

त्यस्तै लेखा समिति संयोजकमा राधेश्याम विश्वकर्मा, सदस्यमा शिव कुमार चौधरी सचिने, अनुशासन समिति संयोजकमा विन्दु कुमार चौहान, सदस्यमा विरेन्द्र कुमार मिश्रा र पशुपति यादव निर्वाचित भएको ज्ञवालीले बताए ।

क्लबको तालिम समिति संयोजकमा दिपेन्द्र बडुवाल र सदस्यमा उषा सिंह निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष केसीले आफ्नो कार्यकालमा विशेष गरी पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम तथा कार्यक्रमलाई बढी जोड दिने बताए । उनले क्लबको कार्यालयलाई छिट्टै नै नयाँ भवनबाट सञ्चालन गरिने बताए ।

क्लबका अध्यक्ष दिपेश पछाईको अध्यक्षता, नेपाल पत्रकार महासंघका संस्थापक केन्द्रीय सदस्य नारायण प्रसाद सापकोटाको प्रमुख आतिथ्यता सल्लाहकार एवं साधारणसभा कार्यक्रम संयोजक कमल रायमाझीको स्वागत तथा महासचिव सम्झना शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ९ : २४ बजे

नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक वाइल्डले दिए राजीनामा

काठमाडौं । नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे

जलजला जोड्ने पदमार्ग निर्माण

म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल

मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत । मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

गलकोट । शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम