९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्‍ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन ।

आइतबार बिहान सम्पन्न मतगणना अनुसार प्रतिस्पर्धी किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन ।

ढकालले एसोसिएटबाट ५२२ मत, वस्तुगतबाट ५९ मत र जिल्ला तथा नगरबाट ५२ मत प्राप्त गरे ।

ढकालका प्रतिद्वन्द्वी किशोर प्रधानले एसोसिएटबाट ३७४ मत, वस्तुगतबाट ३९ र जिल्ला तथा नगरबाट ५३ मत प्राप्त गरे ।

ढकाल प्यानलबाट एसोसिएटतर्फका उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन् भने प्रधान प्यानलबाट वस्तुगततर्फको उपाध्यक्षमा अञ्‍जन श्रेष्ठ र जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्‍ठ निर्वाचित भएका छन ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले यसका लागि मतदान भएन । शेखर गोल्छा स्वतः अध्यक्ष भएका छन ।

साेहीबमाेजिम नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकाल पनि अब ३ वर्षपछि स्वतः अध्यक्ष बन्नेछन् र गोल्छापछि (२०७९-२०८२) महासंघको नेतृत्व सम्हाल्नेछन ।

वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएलगत्तै ढकालले अध्यक्षसँग मिलेर निजी क्षेत्रले भोग्दै आएका समस्या समाधानमा केन्द्रित हुने बताए ।

 

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ६ : ४२ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा