१७ बैशाख २०८१, सोमबार | April 29, 2024

आर्थिक कूटनीतिमा निजी क्षेत्रसँग सहकार्य अपरिहार्य



काठमाडौं । मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेका बेला उत्पादन र उत्पादकत्व बढाउन आवश्यक वैदेशिक लगानी र निर्यात प्रवर्द्धनमा विदेशस्थित नेपाली नियोग तथा निजी क्षेत्रबीच सहकार्यमा जोड हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले आज आयोजना गरेको ‘प्रभावकारी आर्थिक कूटनीतिका लागि नेपाली नियोग र निजी क्षेत्र सहकार्य’ विषयक छलफल कार्यक्रमका वक्ताहरूले यस्तो धारणा राखेका हुन् ।
छलफल कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले निर्यात एवं पर्यटन प्रवर्द्धन र विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताए । विभिन्न मुलुकका लागि नेपालका तर्पmबाट नियुक्त राजदूतहरूले पनि निजी क्षेत्रसँगको सहकार्य गर्नुपर्ने उनको धारणा थियो । नेपालको विकास र समृद्धिका लागि आन्तरिक लगानी र पूँजीसँगै बाह्य लगानी पनि आवश्यक पर्ने भएकाले विदेशस्थित नेपाली नियोग र निजी क्षेत्रले समेत सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।
नेपाल सरकार सुरक्षा परिषद्का सल्लाहकार एवं पूर्वमुख्यसचिव शङ्करदास वैरागीले नेपाली नियोगहरूले आप्mनो दायरा विस्तार गरी निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए । आर्थिक कूटनीतिका माध्यमबाट वैदेशिक लगानी र निर्यात प्रवर्द्धनको नेपालको लक्ष्य पूरा हुने उनको भनाइ छ ।
मुख्यसचिव वैकुण्ठ अर्यालले आर्थिक कूटनीति विस्तारका लागि बहुपक्षीय निकायहरूसँगको सहकार्य आवश्यक रहेको बताए। यसैगरी निजी क्षेत्रले पनि वस्तु र बजार विविधीकरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
अर्थसचिव अर्जुन पोखरेलले आर्थिक कूटनीति विस्तारका लागि आवश्यक बजेट व्यवस्था गरिने बताए । वाणिज्य सचिव मधु मरासिनीले विश्व व्यापार सङ्गठनमा समेत हाम्रो भूमिका बढाउन आवश्यक रहेको बताए । यसैगरी अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव पनि विश्लेषण गर्नुपर्ने उनको धारणा थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले अब आर्थिक कूटनीतिलाई श्रम कूटनीति भनिनुपर्ने सुझाव दिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेले अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव न्यूनीकरणमा पनि नियोगहरूको भूमिका महत्त्वपूर्ण रहने बताए ।
पर्यटन सचिव भरतमणि सुवेदीले नयाँ खुलेका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नियोगहरूको भूमिका महत्त्वपूर्ण रहने बताए। सङ्घीय मामिला सचिव विनोद सिंहले विदेशस्थित नेपाली नियोग र राजदूतहरूले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।
सरकारका उच्च पदस्थ अधिकारी र नवनियुक्त राजदूतहरूको उपस्थिति रहेको कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशस्थित नेपाली नियोगहरूले सकारात्मकमात्र भएमा पनि निकै सहज हुने अनुभव सुनाए । “नियोगहरूले काम गर्न नै खोज्ने हो भने धेरै सुधार हुन्छ । धेरै उदीयमान र विकसित अर्थतन्त्र भएका मुलुकमा व्यापार विस्तार, लगानी एवं पर्यटन प्रवर्द्धनका आधारमा राजदूतहरूको मूल्याङ्कन हुने गरेको छ । यसका लागि महासङ्घ निरन्तर सहकार्य गर्न तयार रहेको छ”, उनले भने ।
नवनियुक्त राजदूतहरूका तर्पmबाट बोल्नुहुँदै थाइल्यान्डका लागि नियुक्त राजदूत धनबहादुर वलीले निजी क्षेत्रका सुझाव सुन्न तयार रहेको तर निजी क्षेत्रले पनि मुख्य विषयमा केन्द्रित भई सुझाव दिनुपर्ने बताए ।
महासङ्घका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अहिलेको अवस्थामा व्यवसाय विस्तारका सबै अवसर सिर्जना गनुपर्ने बताए । महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले महासङ्घ र नियोगहरूको निरन्तर सहकार्य रहने बताए।
सरकारले हालै फ्रान्सका लागि सुधीर भट्टराई, थाइल्यान्डका लागि धनबहादुर वली, युएईका लागि तेजबहादुर क्षेत्री, ओमानका लागि घनश्याम लम्साल, स्विट्जरल्यान्डका लागि रामप्रसाद सुवेदी र न्युयोर्कस्थित राष्ट्र सङ्घ नियोगका लागि लोकबहादुर थापालाई राजदूत नियुक्त गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ८ : १८ बजे

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल