९ पुस २०८२, बुधबार | December 24, 2025

आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली



काठमाडौं । हालका लागि देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । जसअनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो सुदुरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ । देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभरको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । त्यस्तै आज विहान ६ बजे काठमाडौंको तापक्रम ७ डिग्री सेल्सियस रहेको छ ।

देशका धेरैजसो स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुका साथै तराई क्षेत्रका भू-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी हुने सम्भावना देखिएको विभागले जनाएको छ ।

जसअनुसार सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ६ : ५३ बजे

लुम्बिनीका पर्यटकीय गन्तव्य विश्वसामु चिनाउन पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न

लुम्बिनी । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले

दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य

बुटवल । वातावरणको दिगो सरसफाइका लागि व्यक्तिको व्यवहार परिवर्तन अनिवार्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द

बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका

निर्वाचन हुने/नहुने बहस अब निरर्थक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण