२८ भदौ २०८३, आइतबार | September 13, 2026

रुपन्देहीको रोहिणीका महेन्द्र कुर्मीलाई गोली हानी हत्या गर्ने ब्यक्ति एक वर्षपछि प्रहरी नियन्त्रणमा



बुटवल । अघिल्लो वर्षको भाद्र २९ गते गोली प्रहार गरि एकजना नेपालीको हत्या गरि फरार एकजना भारतिय नागरिकलाई आज रुपन्देही प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको रोहिणी गाँउपालिकाका स्थानीय महेन्द्र कुर्मीलाई गोली प्रहार गरि फरार रहेका भारतिय नागरिक सुनिल कुमार सिंहलाई आज मध्यान्ह सिद्धार्थनगर नगरपालिका बेलहियाबाट पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

२०७६ भाद्र २९ गते रोहिणीको हुलाकी राजमार्गमा आफ्नै मोटरसाईकलमा हिंडिरहेका कुर्मीलाई अर्को मोटरसाईकलमा आएका सिंहले गोली प्रहार गरि हत्या गरेर कुर्मीसँग रहेको ५ लाख लुटेर फरार भएका थिए ।

रुपन्देही जिल्ला अदालतमा ज्यान मार्ने तथा डाँका मुद्दामा फरार अभियुक्तकारुपमा रहेका भारतको गोरखपुर थाना कम्पियरगंज ग्राम राजपुर वस्ने सिंहलाई वेलहिया स्थित भन्सार कार्यालय नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी निरिक्षक किशोर आचार्यले बताए ।

पक्राउ परेका सिंहलाई प्रहरीले आजै अदालतमा पेश गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ९ : ०३ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू