८ पुस २०८२, मंगलबार | December 23, 2025

सामाजिक न्याय, समानता र भ्रातृत्व कायम गर्न गुरुनानक जयन्तीबाट सबैलाई प्रेरणा मिलोस : राष्ट्रपति भण्डारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छिन् ।

गुरुनानकले शान्ति, सहिष्णुता, एकता र लोककल्याणका लागि सबै धर्मका बीच सद्भााव कायम राख्नुपर्नेमा मार्गदर्शन गरेको जनाउँदै राष्ट्रपति भण्डारीले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सुदृढ एकता कायम गर्दै समाजमा विद्यमान जातीय विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता र भ्रातृत्व कायम गर्न गुरुनानक जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वा्स पनि व्यक्त गरेकी छिन् ।

सिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त गरी समाजमा आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने‘लंगर परम्परा’को थालनी गरेका थिए ।

निर्गुण उपासनाका पक्षपाती गुरुनानक ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन्र यही नै सत्य हो भन्नेमा विश्वास गर्थे । सिख धर्मका प्रवत्र्तक गुरुनानकको जन्म विसं १५२६ कार्तिकशुक्ल पूर्णिमाको दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो ।

सिख समुदायले हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजार्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गर्छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ६ : २७ बजे

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र