२७ श्रावण २०८३, बुधबार | August 12, 2026

निर्माण सामग्रीमा मूल्य वृद्धि, निर्माण क्षेत्र मारमा



काठमाडौं । कोभिड-१९ को महामारीबीच निर्माण शुरु हुने समयमा निर्माण सामग्रीमा एकतर्फी रुपमा कार्टेलिङ गरी अत्यधिक रुपले मूल्य वृद्धि गरिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।

फलामजन्य निर्माण सामग्री, विभिन्न साइजका डण्डी, पाता, पत्ति, जी.आई तार, ग्याबिन तार उत्पादक कम्पनीले र नदीजन्य निर्माण सामग्री ढुङ्गा, बालुवा गिट्टीमा विभिन्न व्यवसायीले अत्यधिक मूल्यवृद्धि गरेको महासङ्घले जनाएको छ ।

“फलामजन्य निर्माण सामग्री उत्पादक कम्पनीले अन्तर्राष्ट्रिय मुद्रा डलरको दरमा र फलाम ब्लेडको मूल्य थोरै मात्रामा बढेको अवस्थामा पनि अनुपातभन्दा धेरै मूल्यवृद्घि गरी मिलेमतो गरेको देखिएको छ,” महासङ्घका महासचिव रोशन दाहालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अहिलेको मूल्यवृद्धि कुनै पनि दृष्टिकोणबाट व्यावहारिक तथा वैज्ञानिक नदेखिएको महासङ्घको भनाइ छ । देशको कुनै पनि स्थानबाट नदीजन्य सामग्रीको उत्खनन र बिक्री-वितरण गर्न नपाइने गृह मन्त्रालयको हालैको निर्णयप्रति पनि महासङ्घले असन्तुष्टि जनाएको छ ।

गृहको निर्णयबमोजिम निर्माणाधीन परियोजनामा ढुङ्गा, गिट्टी, बालुवाको चरम अभाव भई परियोजना नै ठप्प हुन सक्ने अवस्था देखिएकोप्रति महासङ्घले सरोकार भएका सबै निकायको ध्यानाकर्षण गराएको छ ।

केही महिना अगाडिको मूल्य र हालको मूल्यमा डन्डी (प्रतिकेजी) मा रु १५ देखि २० सम्म मूल्यवृद्धि भएको र ढुङ्गा, गिट्टी, बालुवाको स्रोतदरको मूल्यमा दोब्बर मूल्यवृद्घि भएको महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार कोभिड-१९ का कारण सिर्जित चौतर्फी समस्याले गर्दा एकातिर काम गर्न समस्या भइरहेको समयमा मूल्यवृद्धि गरी कालोबजारी हुँदा विशेषगरी साना निर्माण व्यवसायी १२ महिनाभन्दा कम अवधि भएका निर्माण आयोजनाको मूल्य समायोजन नहुँदा थप समस्यामा परेका छन् । रासस

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ६ : ५९ बजे

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, सबै मन्त्रीले दिए राजीनामा

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। सरकारमा