३ चैत्र २०८२, मंगलबार | March 17, 2026

नारायणगढ-बुटवल सडक विस्तारमा फेरि अवरोध, आयोजनाका मजदुरहरु आन्दोलनमा



कावासोती । नारायणगढ–बुटवल सडक विस्तार आयोजनामा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका छन ।

व्यवस्थापन पक्षले मजदुरहरुमाथि दमन गरेको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएका हुन । उनीहरुले देवचुलीको रजहरमा रहेको नारायणगढ–बुटल रोड प्रोजेक्टको कार्यालय गेट अगाडि धर्ना दिएका छन ।

सडक विस्तार आयोजानमा कार्यरत मजदुरहरुलाई समयमा तलव नदिएको, विना कारण कामबाट निकालिएको भन्दै उनीहरुले धर्ना दिएको अखिल नेपाल टेड युनियन महासंघ नवलपुरका अध्यक्ष सानुकाजी डंगोलले बताए ।

२०० भन्दा बढि मजदुरहरुले कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका छन् । मजदुरहरु आन्दोलनमा उत्रिन थालेपछि सडक विस्तारको काम प्रभावित भएको छ ।

४२ महिनामा सक्ने भनेर २०७५ चैत्रमा शिलन्यास भएको यो सडक विस्तारको काम सरकारी निकायहरुबीच समन्वय नहुँदा समयमै सुरु हुन सकेको थिएन ।

विद्युत प्राधिकरण, नेपाल टेलिकम, वन लगायतका नियकायहरुले समयमै काम नगर्दिँदा रोकिएको सडक विस्तारकोकाम कोरोना भाइरसको महामारी पछि ठप्प जस्तै भएको थियो । तर, केही महिनाअघिदेखि चिनियाँ प्राविधिक र कामदारहरु कार्यक्षेत्रमा खटिएपछि काम सुरु भएको थियो ।

एकातिर समयमै सडक विस्तारको काम ढिला सुरु हुनु, अर्कोतिर वर्षाले भत्काएको सडक मर्मतको काम नुहँदा नारायणगढ–बुटवल सडकखण्डको यात्रा अहिले कष्टकर बनेको छ भने धुलोका कारण सडकआसपासका बासिन्दा प्रभावित भएका छन् ।

यसैमाथि मजदुरहरुको आन्दोलन समेत थपिन थालेपछि यो सडकखण्डको काम पनि अन्य सडकमा जस्तै ढिलाई हुने देखिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ९ : ४४ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन