२२ माघ २०८२, बिहिबार | February 5, 2026

कोरोनाले सिर्जना गरेको चुनौती सामना गर्न सरकार प्रयासरत : अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ का कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध भएर लागिपरेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३ औं वार्षिकोत्सव तथा २२औँ वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकार मात्रैले कोभिडले सिर्जना गरेको चुनौतीलाई सामना गर्न नसक्ने बताए । पौडेलले निजी क्षेत्रको बलियो साथ र सहयोगले मात्रै चुनौती पार गर्न सकिने जिकिर गरे ।

सरकारको सामर्थ्यका आधारमा मुलुकका सामु देखिएको चुनौतीलाई चिरेर अगाडि जान सकिने उनले उल्लेख गरे। उनले भने, “समस्याको समाधानका लागि सकारात्मक सन्देश नै सबैभन्दा ठूलो विषय हो, गतिलो मार्गदर्शन पनि हो ।”

अर्थमन्त्री पौडेलले कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा देखा परेको सङ्कटलाई समाधानका लागि हरेक स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल निर्माण गर्ने योजना अनुसार आज देशभर नै शिलान्याश गर्न लागिएको जानकारी समेत गराए । सो कार्यका लागि अर्थ मन्त्रालयले ५८ अर्ब बराबरको बजेट व्यवस्था गरेको छ ।

स्वास्थ्य क्षेत्रमा शक्तिशाली पहल होस् भन्ने आम चाहनालाई सरकारले सम्बोधन गर्न लागेको अर्थमन्त्री पौडेलको भनाइ थियो । उनले कम बोल्ने र बढी भन्दा बढी काम गर्ने पहलमा आफू रहेको दाबी गरे । पौडेलले नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित नेतृत्वसँग सहकार्य गर्न आफू आतुर रहेको समेत बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोरोनाले पारेको असरलाई चिरेर दिगो आर्थिक वृद्धिका लागि आफूहरुले विशेष रणनीति तयार पारेको र केही दिनभित्रै सार्वजनिक गर्ने जानकारी दिए ।

वार्षिक चार लाख युवालाई रोजगारी प्रदान गर्न महासङ्घले उक्त रणनीतिमा विशेष जोड दिएको उल्लेख गर्दै साना तथा मझौला उद्योग काभिड– १९ का कारण सबैभन्दा बढी प्रभावमा परेका बताए । उनले कोरोनाले पारेको प्रभावलाई न्यून गर्दै विभिन्न क्षेत्रमा कर तथा भन्सार छुट र न्यून नीतिगत सुधार जरुरी रहेको स्पष्ट पारे ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिश मोरले निजी क्षेत्रसँग सहकार्य गरेर विश्वासको वातावरण बनाउन सरकारले विशेष पहल गरेको अवस्थामा कोरोना नेपालका लागि एउटा अवसर बन्न सक्ने बताए । मोरले कोभिड–१९ ले सिर्जना गरेको सङ्कटलाई समाधान गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन, पूर्ण रुपमा उद्योग तथा प्रतिष्ठान सञ्चालन गर्न र आर्थिक गतिविधिलाई प्रश्रय दिन सबैको साझा प्रयास जरुरी रहेका बताए । अध्यक्ष मोरले चालू आवको बजेट तथा मौद्रिक नीतिमा समावेश गरिएका विषयको वस्तुनिष्ठ कार्यान्वयन गर्न माग गरे ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यून गर्दै आर्थिक गतिविधिलाई बढावा दिनुपर्ने बताए ।

साधारणसभाको अवसरमा सेजनले राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक एकराज पाठकलाई सेजन सम्मान प्रदान गरेको छ । लामो समयदेखि नेपालको आर्थिक पत्रकारितामा योगदान गरेका राससकर्मी पाठकलाई सम्मान गरिएको सेजनले जनाएको छ । अर्थमन्त्री पौडेलले उक्त सम्मान प्रदान गरे । यस्तै सोही सम्मानबाट लक्ष्मण हुमागाई, लोकबहादुर चापागाईं र प्रशन्न चित्रकार सम्मानित भए ।

यस्तै सेजन अवार्डबाट नागरिक दैनिकका बालकृष्ण ज्ञवाली र सोभित थपलिया सम्मानित भएका छन् । सो अवार्डको राशि जनही ५० हजार रहेको छ । यस्तै सेजनले जीवन बस्नेत र लक्ष्मी सापकोटालाई ‘फेलोसिप’ प्रदान गरेको छ । रासस

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ११ : ४१ बजे

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न