२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

३३ औ विश्व एड्स दिवसको पुर्वसन्ध्यामा अन्तरक्रिया



बुटवल । ३३ औ विश्व एड्स दिवस २०२० को पुर्वसन्ध्यामा सोमबार बुटवलमा पत्रकार अन्तरक्रिया गरिएको छ ।

स्वस्थ्य निर्देशनालय, लुम्बिनी प्रदेश स्वस्थ्य कार्यालयको आयोजनामा गरिएको अन्तरक्रियामा बोल्दै स्वास्थ्य निर्देशनालयका प्रमुख डा राजेन्द्र कुमार गिरिले यो वर्ष विविध सचेतनाका कार्यक्रम गरि दिवस मनाउन लागेको बताए ।

कोभिड-१९ का कारण एड्सका कार्यक्रम ओझेलमा परेको भन्दै उनले ट्युबर क्लसिस(टिबि)र गर्भवती महिलालाई अनिवार्य परिक्षण जरुरी रहेको बताए । समुदायस्तरमा परिक्षण, गर्भवती महिलालाई परिक्षणसंगै संक्रमण पत्ता लागेपछि आवश्यक सहयोग लगायतमा सरकार तथा सरोकारवाला संघस्थाहरुको सहकार्य रहेको उनको दाबी छ । राष्ट्रिय एचआईभि रणनितिक योजना २०१६/२०२१ ले निर्देश गरे अनुसार काम हुँदै आएको छ ।

बा स्व शि अ स्वा नेत्रलाल अर्यालले तथ्याक ब्यवस्थापन गर्नुपर्ने चुनौती रहेको भन्दै तालिम र परिक्षण बढाउने काम समेत आवश्यक रहेको उनले बताए । समुदायमा तालिम, रिपोर्टिङ, संघसंस्थाहरु बिच सहकार्यसंगै पछिल्लो समयमा रोकथामभन्दा उपचारमा जोड दिएको समेत उनले बताए । पछिल्लो समय उपचारमा आउने संख्या बढेको भन्दै टेष्ट किटको समस्या सधै देखिने गरेको दुखेसो गरे ।

भिम र लुम्बिनी प्रादेशिक अस्पतालबाट १ हजार ३ सय २२ जनाले एआरटी सेवा लिईरहेका छन । प्रदेशमा यो वर्ष गरिएको १३ हजार ९ सय ६० जना सुत्केरीमा गरिएको परिक्षणमध्ये १३ जना संक्रमित भेटिएको छ ।

सन २०२० मा २२ हजार ९ सय ३४ पुरुष, १४ हजार ३ सय महिला र ३ सय ६२ जना तेस्रोलिङिसहित ३७ हजार ५ सय ९६ जना संक्रमित रहेको तथ्याकले देखाउछ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ५ : ०१ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज