३ चैत्र २०८२, मंगलबार | March 17, 2026

कञ्चनपुरमा नक्कली रुपैयाँ छाप्ने मेसिन सहित २ जना पक्राउ



कञ्चनपुर । कञ्चनपुर प्रहरीले नक्कली नोट र मेसिन सहित कारोबारीलाई पक्राउ गरेको छ ।

भिमदत्त नगरपालिका वडा नम्बर १८, महेन्द्रनगर बजारबाट कञ्चनपुर प्रहरीले आईतबार बेलुका नक्कली नोट र नोट बनाउने मेसिन सहित तीन जनालाई पक्राउ गरेको हो ।

महेन्द्रनगर बजार २ नम्बर गल्लि स्थित सानु धामीको फुटपात पसलमा कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर-१८ मा डेरा गरी बस्ने रितिका बम र उनका श्रीमान अनुज शर्माले खोटा मुद्राको कारोबार गरीरहेको भन्ने बिशेष सूचनाका आधारमा प्रहरीले छापा हान्दा नक्कली मुद्रा र मुद्रा छाप्ने मेसिनसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।

पक्राउ परेका बम र शर्माका साथबाट एक हजार दरको नेपाली नोटका दुई थान बरामद गरेको थियो । प्रहरीले उनीहरु बस्ने डेरामा समेत खान तलासी गर्दा उनीहरुको कोठाबाट तयारी अवस्थामा रहेका खोटा नोटहरु, फोटोकपी पेपर, खोटा नोट बनाउने फोटोकपी र प्रिन्टर मेसीन, कैची लगायतका समाग्री बरामद गरेको छ । पक्राउ परेका बम र शर्मालाई आवश्यक कारबाहीका लागि यतिबेला प्रहरी हिरासतमा राखी ५ दिनको म्याद थप गरि अनुसन्धान थालिएको छ ।

यसैबीच, प्रहरीले कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर-१८ भगतपुर बस्ने २४ वर्षका दीपक नाथलाई नेपाली एक हजारको नक्कली रुपैयाँ सहित पक्राउ गरेको छ । नक्कली रुपैयाँ प्रयोग गरि उनले भिमदत्त नगरपालिका वडा नम्बर-४ गोबरिया स्थित अरुण शाहको पसलमा सरसमान किनिरहेको भन्ने बिशेष सूचना पाएको प्रहरीले उनलाई रगेंहात पक्राउ गरेको हो ।

उनको खानतलासी गर्दा नक्कली एक हजार रुपैयाँको ३ थान नक्कली नेपाली रुपैयाँ बरामद गरि अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको क्षेत्रीले बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ६ : २३ बजे

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर

जनताको आशा र विश्वास कायम राख्न आफ्ना सांसदहरुलाई रास्वपा उपसभापतिको आग्रह

पाटन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण