२ मंसिर २०८२, मंगलबार | November 18, 2025

उर्जा मन्त्री पुनद्वारा रोल्पामा १५ शैय्याका तीन अस्पताल शिलान्यास



रोल्पा । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले गृह जिल्ला रोल्पामा तीन अस्पतालको शिलान्यास गरेका छन् ।
मन्त्री पुनले परिवर्तन गाउँपालिका–६ चप्का, माडी गाउँपालिकाको घर्तीगाउँ र त्रिवेणी गाउँपालिकाको जुँगारमा अस्पताल शिलान्यास गरेका हुन् ।
तीनवटै अस्पताल १५ शैय्याका छन् । आधारभूत स्वास्थ्यसेवा नपुगेका मुलुकका ३ सय ९६ पालिकामा ५ देखि १५ शय्याको अस्पताल स्थापना गर्ने संघीय सरकारको नीतिअनुरुप रोल्पामा यसै वर्ष १५ शय्याका ५ अस्पताल निर्माण हुँदैछन् ।

अस्पतालको शिलान्यासपछि आयोजित सभामा बोल्दै मन्त्री पुनले संवैधानिक प्रावधानअनुसार सरकार जनताको आधारभूत स्वास्थ्य ग्यारेण्टी गर्ने दिशातर्फ अग्रसर रहेको बताए । ‘नयाँ संविधानले स्वास्थ्य, शिक्षा, आवाश, रोजगारी र खाद्य सुरक्षा जनताको आधारभूत अधिकार मानेको छ’, मन्त्री पुनले भने, ‘संविधानले प्रदान गरेको हक जनतालाई दिलाउने क्रममा सरकारले हरेक पालिकामा अस्पताल स्थापना गर्न लागेको हो ।’ मन्त्री पुनले कसैको दयाले नभई यी अधिकार माओवादी जनयुद्ध, जनआन्दोलन र सामाजिक आन्दोलनका बलमा प्राप्त भएको चर्चा गरे ।

मन्त्री पुनले वर्तमान सरकारको प्राथमिकता विकास, समृद्धि र सुशासन रहेको उल्लेख गरे । स्वास्थ्य र शिक्षाका साथै सडक, विद्युतीकरण, खानेपानी, सिंचाइ, कृषिको आधुनिकीकरणजस्ता विषयमा सरकारले तीव्र गतिमा काम अघि बढाएको उनकोे भनाइ छ । संघीयता कार्यान्वयनसँगै विगतमा काठमाण्डुको सिंहदरबार केन्द्रित सरकार प्रदेश र स्थानीय तह हुँदै जनताको घरघरमा पुगेको मन्त्री पुनले बताए ।

प्रदेश राजधानी तोक्ने, नामाङ्करण गर्ने, प्रशासनिक संरचना निर्माण गर्ने काममा केही समय लागे पनि अब जनताले महसुस गर्ने गरी सिंहदरबारको अधिकार गाउँमै पुग्ने मन्त्री पुनको भनाइ छ ।

‘हामीले काठमाण्डुको सिंहदरबारलाई थगाउँगाउँमा पुर्याउछौं भनेका थियौं’’ उनले भने, ‘विशेषज्ञ चिकित्सकसहित हरेक गाउँमा सुविधा सम्पन्न अस्पताल निर्माण हुनु हाम्रो त्यही प्रतिबद्धताको कार्यान्वयन हो ।’ विगतमा रोल्पाली जनताले विगतमा आधारभूत स्वास्थ्य सेवाका लागि समेत बुटवल र दाङ धाउनुपर्ने तीतो यथार्थ रहेको स्मरण गर्दै उनले जिल्ला अस्पताललाई ५० शैय्यामा विस्तार गरिएको र अधिकांश गाउँपालिकामा अस्पताल निर्माण हुन लागेकाले अब रोल्पालीले आधारभूत स्वास्थ्य सेवा नपाएर मर्नुपर्ने दिन सकिएको उल्लेख गरे ।

विगतमा रोल्पा माओवादी जनयुद्धको केन्द्र रहेकामा अब शान्ति, विकास र मेलमिलापको केन्द्र बन्ने चरणमा रहेको भनाइ उनकोे छ । रोल्पाका १० पालिकामध्ये रोल्पा नगरपालिकामा ५० शय्याको अस्पताल सञ्चालनमा छ । यस्तै थवाङ गाउँपालिका, परिवर्तन गाउँपालिका, माडी गाउँपालिका, त्रिवेणी गाउँपालिका, सुनील स्मृति गाउँपालिका, रुण्टीगढी गाउँपालिका, उत्तरगंगा गाउँपालिका र सुनछहरी गाउँपालिकामा १५,१५ शय्याको अस्पताल बन्दैछ । गंगादेव गाउँपालिकामा भने आगामी आर्थिक वर्षमा अस्पताल निमर्भाण गरिने मन्त्री पुनले जानकारी दिए ।

 

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  २ : ०० बजे

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि भुटान सिधा उडान सुरु

बञ्जरेडाँडा ल्याण्डफिल्ड साइटमा जनाइएका प्रतिबद्धता कार्यान्वयमा

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट

पिकोनको उत्प्रेरणा कार्यक्रम

बुटवल । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा

लुम्बिनी प्रदेशमा पहिलोपटक टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा सञ्चालनमा

बुटवल । बुटवलमा विश्वको पाँचौं ठूलो र प्रसिद्ध घडी निर्माता

कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट जित

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो