२४ माघ २०८१, बिहिबार | February 7, 2025

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली, बाँकी क्षेत्रको मौसम सफा



काठमाडौं । हालका लागि देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन । हाल गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागको मौसममा आंशिक बदली भएको छ ।

त्यस्तै बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । देशका बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ६ : ४९ बजे

मुलुकको अर्थतन्त्र सुधारतर्फ अग्रसर छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र ओरालो

कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने

काठमाडौँ । चालू आर्थिक वर्षको बजेटमा परेका तर पुस मसान्तसम्म

गायिका मङ्गेशकरको स्वर रहेको ‘बाचुन्जेलीलाई’ सार्वजनिक

काठमाडौँ । गायक रामकृष्ण ढकालले भारतीय गायिका लता मङ्गेशकरसँग गाएको

तिलोत्तमाको सिद्धार्थ माविले मनायो ‘किड्स डे’

बुटवल । रुपन्देहीको तिलोत्तमा-४ स्थित सिद्धार्थ माविले बिहिबार ‘किड्स डे’

ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल