१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

भक्तपुरको ऐतिहासिक रानीपोखरी पुनःनिर्माणसम्बन्धी प्रतिवेदन तयार



भक्तपुर । भक्तपुरको ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणसम्बन्धी प्रतिवेदन तयार भएको छ । भक्तपुर नगरपालिका-१, सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि नगरपालिकाले संस्कृतिविद् एवं इतिहासविद् प्रा डा.पुरुषोत्तम लोचन श्रेष्ठको संयोजकत्वमा रानीपोखरी अध्ययन समिति गठन गरेको थियो ।

समितिले रानीपोखरीको ऐतिहासिक पक्ष, पोखरीको मौलिक स्वरूपलगायतका सबै पक्षको अध्ययन गरी प्रतिवेदन तयार गरेको बताइएको छ । सोही समिति र प्रतिवेदनको आधारमा नगरपालिकाले पोखरीको पुनःनिर्माण गरिरहेको छ । समितिले सो प्रतिवेदन बुधबार भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका सम्पदाको ऐतिहासिक दस्ताबेजीकरण गर्ने ढङ्गले सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार कार्यलाई तीव्रता दिइरहेको बताए । “नेपाली सेनासँग समन्वय र सहकार्य गर्दै भक्तपुरको ऐतिहासिक रानीपोखरी पुनःनिर्माणलगायत सार्वजनिक सम्पत्ति संरक्षणको कार्यलाई अगाडि बढाइएको छ”, नगरप्रमुख प्रजापतिले भने, “काठमाडौँको रानीपोखरी पुनःनिर्माणमा पनि भक्तपुरले प्राविधिक तथा आवश्यक कालिगड सहयोग गरेको हो ।”

नगरप्रमुख प्रजापतिले भक्तपुरको सार्वजनिक सम्पत्तिलाई जनताको साझा सम्पत्तिको रूपमा ग्रहण गर्ने उद्देश्यले नगरपालिका अगाडि बढिरहेको बताए । उनले भक्तपुरको इतिहासलाई जीवित बनाउने कार्यमा पनि जोड दिइरहेको बताए ।

नगर उपप्रमुख रजनी जोशीले जनप्रतिनिधिको बहालीपश्चात् लामो समयदेखि जीर्ण रहेको भक्तपुरको रानीपोखरीको संरक्षण गरी पुनःनिर्माण कार्यलाई अगाडि बढाइएको बताए । रानीपोखरी पुनःनिर्माणका क्रममा विभिन्न अध्ययन अनुसन्धान भएको र सोबाट नयाँ तथ्य र प्रमाणसमेत प्राप्त भएको बताउँदै उनले रानीपोखरी अध्ययन समिति कार्यदलप्रति धन्यवाद दिए ।

पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले काठमाडौँ उपत्यकाका सम्पदा विस्तारै मासिँदै र हराउँदै गएको समयमा भक्तपुर नगरपालिकाले यहाँका मूर्त अमूर्त सम्पदालाई मौलिक शैलीमा पुनःनिर्माण गर्ने कार्य प्रशंसनीय भएको बताए ।

उनले सम्पदा पुनःनिर्माण र जीर्णोद्धार गर्ने क्रममा त्यसको मौलिक स्वरूप कायम गर्नु महत्वपूर्ण भएको बताउँदै उपत्यकाका पोखरीबारे अध्ययन अनुसन्धान गर्नुपर्ने र पोखरी वरिपरिको सौन्दर्य वातावरणमैत्री हुने ढङ्गले निर्माण गरिनुपर्ने आवश्यकता औँल्याए ।

रानीपोखरी अध्ययन समिति कार्यदलका संयोजक प्रा डा श्रेष्ठले कान्तिपुरको रानीपोखरी निर्माणभन्दा ४० वर्ष अगाडि बनेको भक्तपुरको रानीपोखरीको पुरातात्विक नाम ‘न्हु पुखु’ रहेको जानकारी दिए । रानीपोखरीको ऐतिहासिक महत्वमाथि प्रष्ट पार्दै प्रा डा श्रेष्ठले पाँच महिनाको छोटो समयावधिमा भक्तपुरको रानीपोखरीको निर्माण भएको इतिहास त्यहाँ अवस्थित शिलालेखबाट थाहा हुन आएको बताए ।

भक्तपुर नगरपालिका सम्पदा शाखाका आर्किटेक्ट सरिता धुख्वाले ऐतिहासिक रानीपोखरीबारे थ्रिडी प्रस्तुतीकरण देखाउनुभएको थियो । उक्त थ्रिडीको प्रस्तुतीकरण कार्यदलका सदस्य सचिव रामगोविन्द श्रेष्ठले गरेका थिए । रासस

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ९ : ५७ बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना