९ चैत्र २०८२, सोमबार | March 23, 2026

इन्द्रेणीले शेयर सदस्यलाई एक करोडसम्म ऋण दिने



बुटवल । बुटवल सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले उद्योग ब्यवसाय तथा उत्पादनशलि कर्जालाई प्राथमिक्तामा राखेर परियोजना तथा आयश्रोतका आधारमा प्रति शेयर सदस्य एक करोडसम्म ऋण दिने भएको छ । इन्दे्रेणीको शुक्रबार सम्पन्न भएको २२ औं वर्षिक साधारण सभाले शेयर सदस्यको अधिकतम आर्थिक आवश्यकतालाई संस्थाबाटै परिपुर्ति गर्ने उद्देश्यले सदस्यलाई परियोजनाका आधारमा एक करोड सम्म ऋण प्रवाह गर्ने प्रस्तावलाई पारित गरेको हो ।

साधारण सभाले सोका लागि शेयर सदस्यको संस्थामा शेयर र बचत त्यसको दश प्रतिशत बढी हुने पर्ने जनाएको छ । साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष धुव्रकुमार धितालले संस्थाको बहुउद्देश्य कार्यक्रम प्रारम्भ गर्नका लागि कृषिमा आधारित परियोजना संचालनका लागि जग्गा खरिद र भाडामा लिने समेत प्रस्तावलाई साधारण सभामा प्रस्तुत गरेका थिए ।

साधारण सभाले पञ्चवर्षे कार्ययोजना निर्माण तथा कार्यान्वयन, सहकारी मर्जरका लागि कार्यसमितिलाई अख्तियारी तथा बुटवल वेसक्याम्पमा (धर्मपथमार्ग) मा इन्द्रेणी यात्रु प्रतिक्षालय निर्माण गर्ने लगायतका प्रस्तावलाई पनि पारित गरेको संस्थाकी सचिव माया गौतमले जानकारी दिईन् ।

कार्यक्रमका प्रमुख अतिथी तथा संस्थाका संरक्षक भुपालकुमार श्रेष्ठले सहकारीलाई नमुना सहकारी बनाउनेतर्फ केन्द्रीत हुन संचालक समितिलाई सुझाव दिएका थिए ।

कोषाध्यक्ष नरबहादुर श्रीसले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ७ करोड १० लाख ७ हजार ९ सय शेयर पुजी रहेको संस्थाले धितो कर्जा, हायर पर्चेज कर्जा, हायर पर्चेज मोटरसाईकल कर्जा, लघुबित्त÷लघुउद्यम कर्जा, नियमति कर्जा र मुद्दती कर्जा गरेर ४० करोड, १९ लाख ७७ हजार ७ सय ५२ रुपैया शेयर सदस्यका लागि लगानी गरेको जानकारी दिए ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ५ : २३ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा