२० मंसिर २०८२, शनिबार | December 7, 2025

विश्वमै पहिलोपटक ‘मर्यादित महिनाबारी’ कार्यशाला गोष्ठी नेपालमा हुँदै



काठमाडौं । विश्वमै पहिलोपटक ‘मर्यादित महिनाबारी’ कार्यशाला गोष्ठी नेपालमा हुने भएको छ ।

नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय , राष्ट्रिय मानवअधिकार आयोग र दक्षिण गोलार्दीय मर्यादित महिनावारी संजालको संयुक्त आयोजनामा यहि मंसिर २३, २४ र २५ गते ‘मर्यादित महिनावारी’ कार्यशाला गोष्ठी हुने भएको हो ।

आज एक पत्रकार सम्मेलनमार्फत ‘महिनावारी विभेद नै हिंसा र मानवअधिकारको हनन्’ भन्ने तथ्यलाई आत्मसाथ गर्दै कार्यशाला गोष्ठीको आयोजना गरिएको जानकारी दिइएको हो । विश्वमै पहिलो पटक नेपालमा आयोजना हुन लागेको यो गोष्ठिमा ‘ महिनावारीका कुरा मर्यादा केन्द्रित भएमात्र हुन्छ पुरा’ भन्ने मूल नारा दिइएको छ । गत जेठमा हुने भनिएको उक्त कार्यशाला कोभिड १९ महामारीका कारण सरेको थियो ।

विद्युतीय माध्यमबाट गरिएको पत्रकार सम्मेलनमा मानवअधिकार आयोगका गोष्ठी संयोजक मन्जु खतिवडाले सारभूत लैंगिक समानता प्राप्तिका लागि महिनावारीलाई मानवअधिकारको आँखाले हेर्नुपर्ने बताइन् ।

त्यसैगरी, अभियन्ता अनुपा रेग्मीले लैंगिक हिंसा रोकथाम गर्न दिगो विकास लक्ष्य २०३०का लागि ‘कोहि पनि नछुटुन्’ भन्ने संकल्प पुरा गर्नका लागि एउटा बलियो आधार तयार पार्न सम्पूर्ण सरोकारवालाहरुलाई अपिल गरिन् । उनले महिनावारी नीजि सवाल नभई राजनीतिक र मानवअधिकारको सवाल भएकाले मर्यादित महिनावारी अभियानमा सवैले हातेमालो गर्नुपर्ने बताइन् ।

महिनावारीका सम्बन्धमा भएगरेका कामहरूलाई पुनरावलोकन गर्दै लैंगिक समानता प्राप्तीका लागि पहल गर्नु नै कार्यक्रमको उद्देश्य रहेको छ । कार्यक्रममा सबै महादेशका अनुसन्धानकर्मी, अभियानकर्मी, सरकारका प्रतिनिधी, नीति निर्माताहरुको सहभागिता रहने छ ।

गोष्ठीमा महिनावारीका विभिन्न पक्षहर जस्तो भान्सादेखि संसदसम्म महिनावारी निषेधको अन्त्य, यौनिक प्रजनन, स्वास्थ्य अधिकार देखि विभेद, लाज, युवाको भूमिका, धर्म, खानपान, सरसफाई, डर, अधिकार, कानून कार्यान्वयनसम्मका हुँदै र भोग्दै आएका विभिन्न पक्षबारे प्यानल, छलफल, प्रस्तुती, डकुमेन्ट्री प्रदर्शन लगायतका कार्यक्रम हुने भएका छन् ।

गोष्ठीको पहिलो दिन मर्यादित महिनावारीसम्वन्धी हाते किताव ‘अ प्राक्टिकल ह्याण्डबुक’ को विमोचन पनि हुनेछ । जुन किताब २० देशका ४४ जना लेखकहरुले लेखेका छन् भने दक्षिण गोलार्दीय मर्यादित महिनावारी संजालकी नेपाल प्रमुख तथा अभियन्ता राधा पौडेलले यसलाई सम्पादन गरी तयार पारेकी हुन् ।

 

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ७ : ५९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल