२ चैत्र २०८२, सोमबार | March 17, 2026

बाजेको सेकुवाले काठमाडौंको बाफलमा १३औं शाखा सञ्चालनमा ल्यायो



काठमाडौ । बाजेको सेकुवाले आफ्नो १३ औं शाखा काठमाडौको बाफलमा सञ्चालनमा ल्याएको छ ।

सेकुवा पारखीहरुलाई मौलिक नेपाली स्वाद पस्कँदै आएको चेन रेस्टुरेन्ट बाजेको सेकुवाले काठमाडौंको बाफलमा नयाँ १३औं शाखा सञ्चालनमा ल्याएको हो।

दक्ष युवाहरुलाई उद्यमी बन्न प्ररीत गर्दै देशभित्रै रोजगारी सिर्जना गर्ने उद्धेश्य राखेको कम्पनीले बाफल स्थित बाजेको सेकुवाको फ्राञ्चाइज राम शरण डङ्गोल, प्रशान्त गीरी, पविन थापा लगायतलाई दिएको छ । उक्त फ्राञ्चाइजमा प्रत्यक्ष रुपमा २५ जनाले रोजगारी पाएका छन् ।

उपत्यका बाहिर पोखरा र बुटवलमा फ्रान्चाइज मोडेलमा रेस्टुरेन्ट सञ्चालन गरेको कम्पनीले अमेरिकाको न्युयोर्क र डालासमा पनि बाजेको सेकुवा ‘द हिमालयन ग्रिल’ का रुपमा पनि फ्राञ्चाइज रुपमा सञ्चालन गरेको छ।

बाजेको सेकुवा ब्रान्डमा रेस्टुरेण्ट सञ्चालन गर्न इच्छुक लगानीकर्ताको पहिचान र फ्राञ्चाइज सम्झौता गर्ने काम बाजेको भेन्चर प्रा।लि।ले गर्दै आएको छ । यो कम्पनीले कुनै पनि शहरमा रेस्टुरेण्ट सञ्चालनमा ल्याउनु अघि स्थानीय बजारमा उपभोक्ताको खर्च गर्ने प्रवृत्ति, स्थानीय रेस्टुरेण्ट सञ्चालनको सम्भाव्यता अध्ययन गरेर सम्भावना रहेको ठाउँमा मात्र फ्राञ्चाइज विस्तारलाई प्राथमिकतामा पार्ने गरेको सन्चालक चेतन भन्डारीले बताए।

मुख्य व्यापारिक सहरमा बढ्दो उपभोग र बजार मागलाई लक्षित गरी बाजेको भेन्चर प्रा। लि।ले फ्राञ्चाइज मोडलमा रेस्टुरेन्ट सञ्जाल विस्तारलाई अगाडी बढाइरहेको छ । नेपालगन्ज, वीरगन्ज, धनगढी, विर्तामोड, हेटौंडा, बनेपा–धुलिखेल र नेपाल बाहिर अमेरिकामा थप केही, अस्ट्रेलिया, जापान, मलेसीया र बेलायतमा आगामी केही वर्ष भित्र रेस्टुरेन्ट सञ्जाल विस्तार गरिसक्ने लक्ष्य रहेको भन्डारीले जानकारी दिए ।

काठमाडौं उपत्यकाको सिनामङ्गलबाट चार दशक अघि सुरु भएको बाजेको सेकुवा रेस्टुरेण्ट अन्तर्गत अहिले उत्यकाबाहिर २ ओटा, उपत्यका भित्र ९ ओटा र अमेरिकामा २ ओटा गरी हाल १३ ओटा आउटलेटहरु रहेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ८ : १५ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित