१२ श्रावण २०८१, शनिबार | July 27, 2024

करोडौं मूल्य पर्ने मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा : रातारात जग खनियो !



वीरगन्ज । वीरगन्जको मुख्य व्यपारिक केन्द्र घण्टाघर नजिक रहेको करोडौं मूल्य पर्ने मन्दिरको सार्वजनिक जग्गा, निजी व्याक्तिले आफ्नो नाममा गराएको खुलासा भएको छ ।

वीरगन्ज महानगरपालिका-८ मा पर्ने घण्टाघर नजिकको शिवा हस्पिटल रोडमा अवस्थित सुर्वण मन्दिरको नाममा १ कठ्ठा ११ धुर जग्गा छ । मन्दिरको सार्वजनिक उक्त जग्गामध्ये मुख्य सडकसँग जोडिएको ७ धुर जग्गा नसीमा खातुनले मालपोत कार्यालयबाट आफ्नो नाममा रजिष्ट्रेशन पास गराएकी हुन् ।

मन्दिरको उक्त सार्वजनिक जग्गामा खातुनले बिहीबार राति रातारात एक्साभेटर लगाएर जग खनेपछि शुक्रबार बिहान वडा अध्यक्षसहितका स्थानीयले त्यहा पुगेर विरोध जनाएका छन् । शुक्रबार बिहान वडाध्यक्ष, हिन्दुवादी अगुवा र स्थानीयको भीडले निर्माण कार्यमा अवरोध गरेपछि केही समय तनाव भएको थियो । सम्भावित झडपलाई मध्यनजर गर्दै मन्दिरको उक्त जग्गामा शुक्रबार बिहान प्रहरी पनि परिचालन गरिएको थियो ।

मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा, निजी व्याक्तिको नाममा रजिष्ट्रेशन पास हुनै नसक्ने भन्दै स्थानीयले मन्दिरको जग्गामा निजी संरचना बनाए त्यसले ठूलो दुर्घटना निम्त्याउने चेतावनी दिएका छन् । मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा, मुभाफीयाले मालपोत र नापी शाखाका कर्मचारीको मिलोमतोमा फर्जी तरिकाले आफ्नो नाममा गराएको स्थानीयको भनाइ छ ।

मन्दिरको सार्वजनिक जग्गा निजी कसरी बनाइयो ?

२०४७ सालको नापी अनुसार, साविकको वडा नम्बर १० (हाल वडा नम्बर ८) स्थित कित्ता नम्बर ५ को १ कठ्ठा ११ धुर २ कनवा जग्गा, एक राणा परिवारले २०४९ साल वैशाख १३ गते सुर्वण मन्दिरको नाममा दान गरेर रजिष्ट्रेसन पास गरिदिएका थिए ।

मन्दिरको नाममा रजिष्टे«शसन पास गरिएको ७ वर्षपछि २०५६/०९/०२ मा कित्ता नम्बर ५ बाट कित्ताकाट गराई ७ धुर जग्गाको कित्ता नम्बर ३०२ कायम गरिएको देखिन्छ । त्यस बीचमा मन्दिरको १ कठ्ठा ११ धुर २ कनवा जग्गा जग्गामध्ये १० धुर जग्गा ४ पटक खरिद बिक्री भएको देखिन्छ ।

२०५१/०४/१६ मा मन्दिरको नाममा रहेको १० धुर जग्गा, रतनकुमार शर्माले मुरलीधर शर्मासँग खरिद गरेर आफ्नो नाममा रजिष्ट्रेसन पास गरेको देखिन्छ । २०५६/०४/२६ मै त्यही जग्गा रतनले आशदेवी अग्रवालको नाममा पास गरेर बिक्री गरेको देखिन्छ ।

आशादेवीले भने २०५६/०६/२५ मा १० धुरमध्येको ७ धुर जग्गा बिक्री गरेर वासुदेव माडवारीको नाममा रजिष्ट्रेसन पास गरेर बाँकी ३ धुर जग्गा भने आफ्नै नाममा राखेको देखिन्छ । अहिले जग्गाको धनी भएको दाबी गर्ने नसीमा खातुनले भने बासुदेव माडवारीबाट उक्त ७ धुर जग्गा २०५६/०७/१७ मा आफ्नो नाममा रजिष्ट्रेसन पास गराएको देखिन्छ ।

जग्गा मन्दिरकै हो : वडाध्यक्ष

मन्दिर र मन्दिरको जग्गा रहेको वडा नम्बर ८ का वडाध्यक्ष राजकिशोर गुप्ताले भने खातुनले आफ्नो नाममा पास गराएको जग्गा मन्दिरको सार्वजनिक जग्गा नै भएको बताए ।

‘मन्दिरको जग्गा सार्वजनिक हुन्छ । त्यो खरिद बिक्री गर्नै मिल्दैन’, उनले भने, ‘तर भुमाफीयाले रकमको चलखेल गरेर ४/४ पटकसम्म किनबेच गराएका रहेछन् ।’

उनले खातुनले जग्गामा निजी संरचना निर्माणका लागि नक्सा पासको सिफारिस माग्न वडा कार्यालय आउदा आफूले मन्दिरको जग्गामा नमिल्ने भन्दै फर्काइ दिएको बताए ।

मन्दिरको जग्गाको सबै सरकारी प्रमाण सुरक्षित छ : स्थानीय

मन्दिरको जग्गाको कागजात संकलन गरेर राखेका स्थानीय युवा रन्जित साहले करोडौं मूल्यको जग्गामा आँखा लगाएर भूमाफीयाले मन्दिरको जग्गा जालसाजी गरेर निजी बनाउन खोजेको बताए । ‘जग्गा मन्दिरको हो भन्ने प्रमाणित गर्ने सबै सरकारी कागजपत्र मसँग सुरक्षित छ’, उनले भने ।

मन्दिर हिन्दु धर्मसँग जोडिएको विषय भएकाले मन्दिरको जग्गा र सम्पति संरक्षणका लागि आफूले जस्तोसुकै कदम उठाउन पनि तयार रहेको उनले बताए ।

निजी जग्गामा घर बनाउनका लागि नगरपालिकाले नक्सा पास नगरिदिएर अप्ठेरोमा पारिदिएको गुनासो पनि उनले गरे ।

पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) असमान तामाङले भने आफ्नो सरोकारको विषय नभएकाले यो बारेमा आफूलाई केही थाहा नभएको बताए । उक्त समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ७ : ०८ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान