५ श्रावण २०८३, मंगलबार | July 22, 2026

गोरु तस्करीको जालो चिर्दै रुपन्देही प्रहरी



बुटवल । रुपन्देही प्रहरीले अबैधरुपमा भईरहेको गोरुको तस्करी बिरुद्ध हस्तक्षप गरेको छ । लामो समयदेखि चल्दै आएको अबैध गोरु तसकरीको जालो चिर्दै रुपन्देही प्रहरीले एकै दिन ५ वटा ट्रकमा ओसारपसार भईरहेको १२१ गोरु सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

पश्चिमबाट पूर्व तर्फ लैजाँदै गरिएको गोरु सहितको ट्रक प्रहरीको बिशेष टोलिले बुटवल उपमहानगरको अस्पताल लाईनबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार नियन्त्रणमा लिईएको ट्रक, र ट्रकमा रहेका १२१ गोरु तथा ट्रक चालकलाई आवश्यक अनुसन्धान एवम कारबाहीको लागी पशु क्वारेम टाईम भैरहवा मा पठाईएको छ । प्रहरीले गोरु तस्करीमा संलग्न भएको आरोपमा बारा निजगढका गणेश पौडेल, जितपुर सिमराका तिलक बहादुर जिम्बा, निजगढ ९ का शम्भु भट्टराई, मकवानपुर हेटौडाका लक्ष्मण दनै तथा निजगढ ९ कै नवराज कार्की रहेका छन् ।

लामो समयदेखि पूर्व पश्चिम राजमार्गमा गोरुको तस्करी चलिरहेको गुनासो आएपनि यति ठूलो अनुपातमा गोरु सहित तस्करीमा संलग्नहरुलाई पक्राउ गरेको यो नै पहिलो भएको प्रहरीले दाबी गरेको छ ।

नेपालबाट तस्करी गरिएको गाई गोरु बंगलादेश र भुटान पठाउने गरिएको छ । भारतमा समेत गाईगोरुको मासु लुकाई छिपाई बेच्ने गरिएको छ । तस्करहरुले भारतबाट भन्सार छलेर ल्याएका गोरु नेपाली किसानसँग किनेको नक्कली कागजात बनाई बंगलादेश र भुटान पुर्याउने गरेका छन् ।

नेपाल र भारतमा कानुनले नै गाईगोरु निषेध गरेको छ । त्यसैले पनि गाइगोरु तेस्रो मुलुक लैजान भारतीय तस्करले नेपालको बाटो प्रयोग गर्न थालेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  १० : १० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं