१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आजको मौसम : केही ठाउँमा वर्षा, हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना



काठमाडौं । हाल देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको र बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १ तथा वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा र प्रदेश २ मा आंशिक बदली रहि बाँकी स्थानको मौसम सफा रहने बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ को थोरै स्थान साथै बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार प्रदेश १ को थोरै स्थान साथै वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षासहित देशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

साथै देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउने र तराई भू-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ७ : ०८ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्