२१ आश्विन २०८३, बुधबार | October 7, 2026

आजको मौसम : केही ठाउँमा वर्षा, हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना



काठमाडौं । हाल देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको र बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १ तथा वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा र प्रदेश २ मा आंशिक बदली रहि बाँकी स्थानको मौसम सफा रहने बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ को थोरै स्थान साथै बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार प्रदेश १ को थोरै स्थान साथै वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षासहित देशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

साथै देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउने र तराई भू-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ७ : ०८ बजे

लुम्बिनीसहित विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । आज देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ, हावाहुरी र

कांग्रेस १५औँ महाधिवेशन : पहिलो नामावली सार्वजनिक, आज दाबी-विरोध

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

एनपिएलका लागि कीर्तिपुर मैदानको स्तरोन्नति अन्तिम चरणमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै

कांग्रेस १५औँ महाधिवेशन : बुटवलका नगर प्रमुख खेलराज पाण्डेयले केन्द्रीय सदस्यमा उम्मेदवारी दिए

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख

नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु

काठमाडौं । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको विमान दुर्घटना