२१ आश्विन २०८३, बुधबार | October 7, 2026

नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु



काठमाडौं । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । वायुसेनाका अनुसार एटीआर-४२ विमानमा २० यात्रु र चालक दलका पाँच सदस्य सवार थिए ।

विमान नाइजेरियाको आर्थिक राजधानी लागोसका लागि नियमित उडानमा रहेको थियो । उडान भरेको केही समयपछि विमान राडारबाट सम्पर्कविहीन भएको अधिकारीहरूले बताएका छन् ।

खोजीका क्रममा विमानको भग्नावशेष ओन्डो राज्यको नदी किनारमा रहेको इग्बोकाडा सहरस्थित नौसैनिक अड्डानजिकै फेला परेको थियो । दुर्घटनामा विमानमा सवार सबै २५ जनाको मृत्यु भएको वायुसेनाले जनाएको छ ।

नाइजेरियाका नागरिक उड्डयनमन्त्री फेस्टस केयामोले सुरुमा विमानमा ३२ जना सवार रहेको बताएका थिए । तर, पछि नाइजेरियाली वायुसेनाले यात्रु र चालक दलका सदस्य गरी २५ जना मात्रै विमानमा रहेको स्पष्ट पारेको हो ।

वायुसेनाले दुर्घटनाको कारण र परिस्थितिबारे अनुसन्धान गर्न आदेश दिएको जनाएको छ । दुर्घटनापछि नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ७ : ०१ बजे

लुम्बिनीसहित विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । आज देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ, हावाहुरी र

कांग्रेस १५औँ महाधिवेशन : पहिलो नामावली सार्वजनिक, आज दाबी-विरोध

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

एनपिएलका लागि कीर्तिपुर मैदानको स्तरोन्नति अन्तिम चरणमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै

कांग्रेस १५औँ महाधिवेशन : बुटवलका नगर प्रमुख खेलराज पाण्डेयले केन्द्रीय सदस्यमा उम्मेदवारी दिए

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख

नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु

काठमाडौं । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको विमान दुर्घटना