११ बैशाख २०८१, मंगलबार | April 24, 2024

हुम्लामा आजदेखि पुनः उडान शुरु



कर्णाली । नेपाल वायुसेवा निगमको हुम्ला उडान आजदेखि पुनः सञ्चालनमा आएको छ ।

कर्णाली प्रदेशको जुम्ला र रुकुममा नियमित उडान भर्दै आएको सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले हुम्लामा झण्डै एक वर्षपछि आजदेखि उडान गरेको हो । नेपालगञ्जबाट हुम्लाका लागि हप्ताको एकपटक उडान गर्ने भएको हुम्ला स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिए ।

दुई वर्षमुनिका बालबालिका तथा विद्यार्थीलाई परिचयपत्रका आधारमा टिकटमा २५ प्रतिशत छुटको व्यवस्था रहेको उनले बताए । यस्तै वृद्धवृद्धालाई पचास प्रतिशत टिकटमा छुटको व्यवस्था रहेको इञ्चार्ज सुनारले बताए । अन्य नागरिकका लागि हुम्लाबाट नेपालगञ्जको भाडादर रु ६ हजार ३०० रहेको छ भने नेपालञ्जदेखि हुम्लाका लागि रु सात हजार भाडादर कायम गरेको उनको भनाई छ । नेपालगञ्जदेखि हुम्ला पुग्नका लागि निजी एयरलाइन्सहरुले प्रतिव्यक्ति भाडादर रु दश हजारभन्दा बढी लिने गरेका छन् ।

नेपाल एयरलाइन्सले हुम्लाका हप्ताको एक, जुम्लामा हप्ताको दुई र रुकुममा एक दिन उडान गर्दै आएको छ । हुम्लामा यात्रुको सङ्ख्या हेरेर उडान तालिका थप्न सकिने भएको छ ।

आजदेखि ९नेपाल एयरलाइन्स० ले हुम्लामा उडान गरेपछि यहाँका नागरिकले सहुलियत भाडादरमा जिल्लाबाहिर आवतजावत गर्न पाएकोमा खुशी भएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ६ : ३३ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना