१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

रुपन्देही बन्यजन्तु अङ्ग निर्यातको केन्द्र बन्दै, कस्तुरीको विणा सहित ३ जना रुपन्देहीबाट पक्राउ



बुटवल । रुपन्देही प्रहरीले गैडाको खाग सहित ३ जनालाई पक्राउ गरेको भोलिपल्ट रुपन्देहीबाटै कस्तुरीको विणा सहित फरि ३ जनालाई पक्राउ गरेको छ । सोमबार अपरान्ह ४ बजे रुपन्देहीको देवदह-१० भलुहीबाट १ थान कस्तुरीको विणा सहित ३ जनालाई पक्राउ गरेको हो ।

कस्तुरीको प्रतिबन्धित विणाको कारोबार भईरहेको सुचनाका आधारमा देवदह नगरपालिका १० स्थित स्थानीय टेक बहादुर वि.कको घरमा शंकास्पद रुपमा बसेका ३ जनाबाट प्रहरीले सो विणा बरामद गरेको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तत्काल तौल गर्दा ६१.४० ग्राममा रहेको रौं सहितको विणा सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रदेव २ का सुकुरदिन मिया, बागलुङ नगरपालिका ६का रमेश वि.क तथा रुपन्देहीको बुटवल उपमहानगर ११ का दिपक वि.क रहेका छन् ।

फत्राउ परेको ३ जना र बरामद भएको विणा थप अनुसन्धानका लागि जिल्ला बन कार्यालय रुपन्देहीमा बुझाईने जिल्ल प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारोयण थापाले जानकारी दिए ।

रुपन्देही प्रहरीले आईतबार मात्र बुटवल उपमहानगर ८ सुख्खानगर स्थित कलश होटलबाट १ थान गैडाको खाग बरामद गरेको थियो । पक्राउ गर्ने क्रममा प्रहरीको पेस्तोल खोािखोस गर्ने क्रममा एकजना खाग तस्कर गम्भीर घाईते समेत भएका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ११ : २६ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम