१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बुद्ध शिक्षा पालन गरेर हतियार युद्ध छाडौं : परराष्ट्रमन्त्री ज्ञवाली



बुटवल । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गौतम बुद्धका उपदेशको पालना गर्दै विश्वलाई नै निशस्त्रीकरणतर्फ लैजानुपर्ने बताएका छन् । हतियारको व्यापारले विश्वमा शान्ति कायम हुन नसक्ने भन्दै हरेकले अतिवाद त्यागेर अघि बढ्नुपर्ने बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले अन्र्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बुटवलमा आयोजना गरेको बौद्ध दर्शन र मानवअधिकार विषय गोष्ठीको भर्चुअल रुपमा उद्घटन गर्दै मन्त्री ज्ञवालीले अतिवादकै कारण मुलुकहरु द्वन्द्वमा फसेको बताए ।

‘एउटाले अर्काको अस्थित्व नस्विकार्ने परिपाटी कायम छ, यसलाई त्याग्नुपर्छ, उनले भने,-‘अर्बाै रुपैया खर्चेर हतियारमा बलियो हुने दौड रोक्नुपर्छ । गरिवी निवारण र स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्छ ।’ बुद्धका उपदेश पालना गरे विश्व शान्ति कायम हुन सक्ने उनले बताए । गौतम बुद्ध नै मानवअधिकारको पहिलो प्रणेता रहेको मन्त्री ज्ञवालीले बताए ।

मोरङमा भएको शिक्षक हत्याको प्रसंगमा बोल्दै मन्त्री ज्ञवालीले मुलुकलाई अशान्त बनाउने योजना सफल नहुने बताए । क्रान्तिका नाममा मानवमाथिको बर्बरता स्विकार नहुने भन्दै उनले सरकारले यस्ता गतिबिधिलाई निस्तेज पार्ने दाबि गरे ।

मन्त्री ज्ञवालीले बुद्ध शिक्षाको अवलम्बन गर्दै विश्वलाई नै निशस्त्र बनाउने अभियान जरुरी रहेको बताए । ‘अहिले कोरोना भाइरस विरुद्धको खोप जुटाउन कम विकसित मुलुकलाई ठूलो चुनौति छ, तर ठूला राष्ट्रहरुले हतियारमै अर्बाै खर्चिरहेका छन्, उनले भने । अतिवादलाई त्यागेर हतियारको शक्तिको दौड रोक्नुपर्ने उनले बताए ।

नेपाली जनताहरु शान्ति र समृद्धिको पक्षमा रहेको मन्त्री ज्ञवालीले बताए । मुलुकलाई अशान्ततर्फ धकेल्ने प्रयास सफल नहुने बताए । शान्ति र अंहिसाको शिक्षा दिने बुद्धकै मुलुकमा यस्ता घटना स्विकार्य नहुने भन्दै सरकारले त्यस्ता क्रियाकलाप निस्तेज पार्ने बताए ।

मानवअधिकारका पूर्ण प्रत्याभूति दिलाउन सरकार लागिरहेको भन्दै कतिपय चुनौतिहरु कायम रहेको उनले बताए । ‘विकास र शुसासनसंग जोडेर मानवअधिकारका व्यवस्थाहरु कार्यान्वयन भइरहेका छन, उनले भने । उनले परराष्ट्र नीति निर्माणमा समेत बौद्ध दर्शनलाई आत्मसाथ गरिएको बताए ।

सो अवसरमा मानवअधिकार आयोगका पूर्व सदस्य शुशिल प्याकुरेलले बुद्धले २६ सय वर्षअघि नै समाजको विभेदको विरुद्धमा बोलेको बताए । ‘मानव, प्राणी सबै समान छन भन्ने कुरा बुद्धले उहीले भन्नुभएको थियो, त्यसलाई अंगिकार गर्न धेरै ढिलो भइसकेको छ, उनले भने ।
मुलुकको परराष्ट्र नीतिमा बौद्ध शिक्षालाई आधार बनाइएको उनले बताए । विश्वले नै बुद्धका शिक्षा अंगिकार गर्नुको विकल्प नभएको बताए । अहिलेको मुख्य समस्या भनेको विभेद र हतियारको दम्भ रहेको उनले बताए ।

बौद्ध अध्येता डा. त्रिरत्न मानन्धर गौतम बुद्धले तत्कालीन जातीय विभेदको विरोध गर्दै सबै मानव एक रहेको बताएको बताए । ‘मान्छे जन्मका आधारमा नभई कर्मका आधारमा बिशिष्ट हुने कुरा उहिले नै साबित गर्नुभएको थियो, उनले भने । प्राध्यापक भिक्षु संकिच्क्षले बुद्धका शिक्षा पालनाले मात्रै विश्व शान्तितर्फ उन्मुख हुने बताए ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य बौद्ध शिक्षाको विश्वव्यापीकरणले नै शान्तितर्फ केन्द्रीत गर्ने बताए । बौद्ध विश्वविद्यालयले बौद्ध शिक्षालाई जनमानसमा पुराउन अध्ययन अध्यापन र अनुसन्धानमा जोड दिएको बताए ।

विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले संयुक्त राष्ट्रको घोषणापत्रदेखि मुलुकको संविधानमा बुद्ध शिक्षाका प्रभाव रहेको बताए । मैत्री, करुणा, अहिंसालाई मानवअधिकार र संविधानका दफामा रहेको उनले बताए । ‘बौद्ध विश्वविद्यालयले पनि घरघरमा बौद्ध शिक्षा पुराउनका लागि काम गरिरहेको छ, उनले भने,–‘हरेक विषय अध्यापनमा बुद्धिज्मलाई अनिवार्य गर्नु त्यसको ध्येय हो ।’

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ४ : ४६ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष