२१ बैशाख २०८३, सोमबार | May 4, 2026

कांग्रेसले श्रेष्ठको शोकमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने



काठमाडौ । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने जनाएको छ । श्रेष्ठको शुक्रबार ८० वर्षको उमेरमा निधन भएको थियो ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले यही मङ्सिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकले मङ्सिर २८ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णयसमेत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्ला काठमाडौँले भौतिक ९सामाजिक० दूरी कायम गर्दै शोक सभाको आयोजना गर्ने पार्टी कार्यालयले जनाएको छ ।

बैठकमा श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै उनीप्रति सम्मान प्रकट गर्न र भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्न एक मिनेट मौनधारण गरिएको थियो । बैठकले उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

विसं २०१८ मा निरङ्कुश पञ्चायती व्यवस्थाको विरोध गर्दै भएको क्रान्तिका क्रममा बमकाण्डमा पक्राउ पर्नुभएका स्व श्रेष्ठले पटक–पटक गरी १७ वर्षभन्दा लामो समयसम्म बन्दी जेलजीवन बिताउनु भएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेता श्रेष्ठ लोकतान्त्रिक मूल्य पद्धतिप्रति अविचलित आस्था, सादगीपूर्ण जीवन र निष्ठाको राजनीतिको प्रतिमूर्तिका रुपमा समेत परिचित थिए ।

विसं २०५१ को मध्यावधि निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट पार्टीका तर्फबाट उम्मेदवार र २०५६ सालमा कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौँको सभापति, विसं २०७२ मा जननायक बिपी कोइराला स्मृति ट्रष्टद्वारा बिपी सेनानी सम्मानबाट विभूषित स्व श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलनसङ्घर्ष र पार्टी सङ्गठनमा पु¥याउनुभएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ३ : ३९ बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र