६ श्रावण २०८३, बुधबार | July 22, 2026

नेकपाको झगडाले विकास रोकिँदैन : मुख्यमन्त्री गुरुङ



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक झगडाले मुलुकको विकास निर्माण नरोकिने बताएका छन् ।

पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित श्रवणकुमार गृह ज्येष्ठ नागरिक सेवा केन्द्रको आज शिलान्यास गर्दै उनले समृद्धिको आधार प्राप्तिका लागि विकास निर्माणमा तीनै तहका सरकार प्रतिबद्ध रहेको बताए ।

प्रदेश सरकारले ज्येष्ठ नागरिक तथा अपाङ्गका लागि भौतिक संरचना निर्माणमा जोड दिँदै आएको बताउँदै मुख्यमन्त्री गुरुङले सरकार र समाजको सझेदारीमा गरिने निर्माण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । सरकार सडक मानवरहित प्रदेश बनाउने अभियानमा जुटेको उल्लेख गर्दै उहाँले त्यसका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गरे । कोरोना भाइरसको उपचारमा तीनै तहका सरकार जिम्मेवार भएर लागेको भन्दै उनले सरकारी अस्पतालले निःशुल्क उपचार गर्दा पनि कतिपय बिरामीलाई परिवारले निजी अस्पतालमा लैजाने गरेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले सरकार ज्येष्ठ नागरिकप्रति गम्भीर रहेको उल्लेख गर्दै आगामी दुई वर्षभित्र ज्येष्ठ नागरिक भत्ता पाँच हजार पुग्ने विश्वास व्यक्त गरे । उनले दिवा सेवा केन्द्र सञ्चालनमा आएपछि एक वर्षसम्म बुबाआमालाई आफ्नो तर्फबाट खाजाको व्यवस्था गर्ने जानकारी दिए । अर्का प्रदेशसभा सदस्य विन्दु थापाले समाजका ज्येष्ठ नागरिकलाई घरघरमा दिनुपर्ने व्यवहार यथेष्ठ नपुगेको बताउँदै दिवा सेवा केन्द्र सञ्चालनमा आएसँगै उनीहरुलाई केही हदसम्म भए पनि सुविधा पुग्ने बताए ।

प्रदेशसभा सदस्य प्रभा कोइरालाले आप्mनो व्यक्तिगततर्पmबाट रु ५० हजार १५५ अक्षयकोषको लागि प्रदान गर्ने घोषणा गर्दै प्रदेश भौतिक पूर्वाधार विकास कार्यक्रमबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेशसभा सदस्य मीना गुरुङ र पुष्पा केसी भण्डारीले ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माणमा सरकारी तथा आप्mनो तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले लामो समयदेखिको अथक प्रयासबाट केन्द्र निर्माणकार्य अघि बढेको बताए । कार्यक्रममा केन्द्रको निरन्तरताका लागि समितिले सञ्चालन गरेको अक्षयकोषमा जम्मा हुने गरी राजेश गुरुङले रु एक लाख, लोकबहादुर थापाले रु ५० हजार र कार्यसमितिको तर्फबाट रु १२ लाख गरी कूल रु १४ लाख जम्मा भएको अध्यक्ष दानबहादुर बानियाँले जानकारी दिए ।

बडहर बोटस्थित सार्वजनिक जग्गामा कूल रु तीन करोडको लागतमा तीनतले पक्की भवन निर्माण गरिनेछ । भवनको पहिलो तलामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, अध्ययनस्थल र भान्छा रहने छ भने दोस्रोमा प्रवचन तथा योगकक्ष तथा तेस्रो तल्लामा कार्यालय स्थापना गरिने बताइएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालन गरिने सो भवनका लागि प्रदेश सरकारबाट रु एक करोड, पोखरा महानगरपालिकाबाट रु एक करोड र सङ्घीय एवं प्रदेशसभा सदस्यहरुबाट समेत सहयोग हुने आश्वासन प्राप्त भएको संस्थाका सचिव दिनेश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ६ : १३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं