४ पुस २०८२, शुक्रबार | December 19, 2025

आज बाला चतुर्दशी, कोरोनाको सन्त्रासले तीर्थस्थल सुनसान



काठमाडौं । आज बालाचतुर्दशी, हिन्दु धर्मवलम्बीले धुमधामले मनाउने यो दिन पशुपतिनाथ मन्दिर लगायत देशभरका मन्दिरमा सतबीज (सतबीउ) छरिँदैछ ।

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान (आज) सतबीज छरी यो पर्व मनाइन्छ । सतबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्नाले पितृहरू कहिल्यै भोको बस्न नपर्ने धार्मिक विश्वास रहिआएको छ । आफ्ना पितृहरुको उद्धार हुने विश्वासमा यो पर्व मनाउने गरिन्छ ।

मार्गकृष्ण त्रयोदशीको साँझ पशुपतिनाथ लगायत देशका अन्य क्षेत्रमा रहेका शिवालयमा दीप प्रज्वलन गरी रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहानै सतबीज रोप्ने प्रचलन छ । आफ्नो परिवारभित्रका दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा सतबीज छर्ने गरिन्छ ।

पशुपतिमा दूरी कायम गरी चतुर्दशीका दिन बिहान सतबीज भने छर्न सकिने कोषले जनाएको छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवंगत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यस वर्ष कोरोना महामारीको सन्त्रासका कारण यी ठाउँ सुनसान रहे ।

बाला चतुर्दशीमा लाखौं भक्तजन पशुपतिमा आउने गरेकाले संक्रमणको जोखिमका कारण यसवर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापाले बताए ।

पशुपति, देवघाट लगायतका ठूला तीर्थाटनहरूमा मेला नलाग्‍ने भएपछि श्रद्धालुहरूले नजिकैको शिवालयमा दीपदान गरेका छन् । बोलीचालीको भाषामा सद्‍बीउ छर्ने भनिने सतबीज छर्नाले पितृहरू कहिल्यै भोको बस्न नपर्ने धार्मिक विश्वास रहि आएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ८ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको