१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

कर्णालीको पूर्वी भंगालोमा पानी सुक्यो, पुलमुनि पानी नदेख्दा सिंचाई मन्त्री तनाबमा



बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज पर्ने लालमटिया क्षेत्रमा नदीजन्य पदार्थ थुप्रिएर गेरुवाको भंगालो थुनिँदा केही वर्ष यता गेरुवा नदीमा पानी सुकेको छ । प्रत्येक वर्ष वर्षातको समयमा नदीले कर्णालीको भंगालोमा नदीजन्य पदार्थ थुपार्ने गरेको छ । निकुञ्जभित्र पर्ने हुनाले सो स्थानमा नदीजन्य पदार्थ उत्खनन् हुँदैन । तर पश्चिमतर्फ बग्ने कर्णाली नदीमा नदीजन्य पदार्थको अत्याधिक उत्खननका कारण गहिरो हुँदै गएको छ । सो कारणले नदीको पुरै पानी कर्णाली नदीको पश्चिम भंगालोतर्फबाट बगेको छ । दुबैतिर बाँडिएर बग्ने पानी पश्चिमतर्फबाट मात्र बग्न थालेपछि पूर्वी भंगालोमा पानी नबग्ने समस्या देखिएको हो ।

पानी नभएको कर्णाली नदीको पूर्वी भंगालो गेरुवा नदीमा पारिस्थितिक प्रणाली नै ह्रास भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका जंगली जनावरले पिउने पानीको अभाव भएको छ । निकुञ्जको कर्णाली तटीय क्षेत्र हिउँदको समयमा सुख्खाग्रस्त हुँदै आएको छ भने ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिकाको केही भुभागमा सिचाईं सुविधा दिँदै आएको पटुवा कुलोमा पानीको अभाव भएको छ ।

कर्णाली नदीको पश्चिम भंगालोमा पानी धेरै भएपछि बर्षेनी कटानको समस्या बढ्दै गएको छ । गत बर्षातमा कर्णाली नदीमा पानीको बहाब बढि हुँदा ड्याम सहितको तटबन्ध बगाएको थियो । करोडौँ लगानी गरेर बनाएको तटबन्ध बगाएर करिब एक सय विगहा जग्गा समेत नदीले कटान गरेको थियो । जसका कारण बर्दिया र कैलाली जिल्ला जोड्नका लागि बनाईएको पुल जोखिममा परेको छ । दुवै भंगालोमा भएको पानी एकैतर्फ जाँदा नदीमा पानी नअटाएर बर्दिया र कैलालीमा नदी कटान भइरहेको प्राविधिकहरु बताउँछन् ।

यस अघि लालमटिया क्षेत्रको नदीजन्य पदार्थ हटाई गेरुवामा पानी खसाल्ने पहल भएपनि त्यो सफल हुन सकेको छैन । बर्दिया राष्ट्रिय निकुञ्जले समेत पटक पटक विभाग र मन्त्रालयमा फाइल पठाएको छ । तर, काम अघि बढ्न सकेको छैन ।

पानी खै ? सिचाईंमन्त्री

यसैबीच, बर्दियामा रहेको नेपाल कै लामो पुलको अवलोकन गर्दै उर्जा, जलस्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले पुलमुनिको पानी खोई भनेर स्थानीय नेतालाई सोधेका छन् । उनले सरकारले यति धेरै लगानी गरेर बनाएको पुलमुनी पानी नै नभएकोमा आश्चर्यमान्दै दुखेसो व्यक्त गरेका छन् ।

पुलको अवलोकन गरी पुलमाथि फोटो खिचाउँदै मन्त्री पुनले भने –‘एक हजार १५ मिटर लामो पुलमुनीबाट धेरै पानीबग्नु पर्ने थियो तर पानी नै छैन ।’ बर्दियाको राजापुर नगरपालिका २ मा रहेको विद्युत सवस्टेशनको उद्घाटन गर्न जाने क्रममा उर्जा, जलस्रोत तथासिचाई मन्त्री पुनले सो कुरा बताएका हुन् । उनले भने – ‘कर्णाली नदीको पुर्वी भंगालोमा पानी सुक्यो, पानी भंगालोमा फर्काउने कुरा मन्त्रालयमा उठेको थियो तर यसरी सुक्यो होला भन्ने सोचेको थिइन ।’

मन्त्री पुनले कर्णाली नदीले कटान गरेको क्षेत्र, नदीको भंगालो छुट्टिने स्थान र बुढिकुलोको मुहानको पनि अवलोकन गरेका छन् । अवलोकनपश्चात् गेरुवा नदीमा थुप्रिएको ढुंगा गिट्टी बालुवा हटाउनका लागि मन्त्रालय स्तरमा समन्वय गर्ने उनले बताए ।

मन्त्री पुनले वन मन्त्रालयसँग समन्वय गरी बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको नदीजन्यपदार्थ हटाउने र नदीको दुवै भंगालोमा बराबर पानी पठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जको सिमाना छुट्याई गेरुवा नदीमा तटबन्ध गरिने बताउँदै गेरुवा र राजापुरका कृषकको जग्गा उनीहरुलाई फिर्ता दिने उनले बताए । उनले राजापुरको सिचाईं समस्यालाई समाधान गर्न राजापुर सिचाई प्रणालीलाई पुर्ननिमाण गरिने प्रतिवद्धता पनि जनाए ।

उर्जामन्त्री पुनले राजापुर नगरपालिका वडा नं २ मा रहेको विद्युत सब स्टेशनको उद्घाटन गरेका छन् । यस अघि गुलरिया र कैलालीको टिकापुरबाट विद्युत आपुर्ति गरिएको राजापुर क्षेत्रमा विद्युत भोल्टेज लगाएतका समस्या थिए । सबस्टेशन स्थापना भएपछि राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा विद्युत आपुर्ती सहज हुने छ ।

 

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ९ : ३० बजे

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,