२ चैत्र २०८२, सोमबार | March 17, 2026

नेपाल वायु सेवा निगमले डिसेम्वर १७ देखि काठमाडौ-नयाँ दिल्ली उडान सुरु गर्ने



काठमाडौ । नेपाल वायु सेवा निगमले काठमाडौ -दिल्ली उडान सुरु गर्ने भएको छ । निगमले आज सुचना जारी गरी काठमाडौ-दिल्ली उडान सुरु गर्ने जानाकारी दिएको हो ।

यसअघि कोराना भाइरसका कारण, संक्रमण नियन्त्रणका लागि दुवै मुलुकले अन्तराष्ट्रिय नियमित अन्तर्देशीय उडानहरुमा प्रतिबन्ध लगाएका थिए । हाल दुवै मुलुकहरुले उडानहरुमाथिको प्रतिबन्ध Air Transport Bubble मार्फत खुकुलो बनाएकोले निगमले १७ डिसेम्वर २०२० देखि काठमाडौ नयाँ दिल्ली, नयाँ दिल्ली काठमाडौ रुटमा प्रतिदिन एक वटा उडान सुरु गर्न लागेको हो ।

कोभिड १९ को कारणबाट लामो समयसम्म उडान स्थगित हुँदा यात्रुहरुको आवागमन चापमा परेको पभाव अध्ययन गरी उडान संख्यामा समायोजन गर्न सकिने र सोको पूर्वसुचना दिइने निगमले जनाएको छ ।

साथै नेपाल सरकार र भारत सरकारले निर्धारण गरेका स्वास्थ्य सम्वन्धी शर्तहरुको पूर्ण पालना गर्दै यात्रहरुलाई अधिकतम सुविधासहित संक्रमणरहित गुणस्तरीय हवाई सेवा प्रदान गर्न  प्रतिबद्ध रहेको निगमले जनाएको छ । यस्तै निगमले यात्रुहरुले यात्रा गर्नुपूर्व टिकेटिङ /एजेन्सी वायुसेवासँग जानाकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ६ : १२ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित