१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

आज फेरि संवैधानिक परिषद् बैठक बस्दै, बैठककै कारण सत्तारुढ नेकपामा थप विवाद



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि संवैधानिक परिषदको बैठक बोलाएका छन् । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ ।

शुक्रबार बोलाइएको बैठकमा सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो ।

तर, प्रधानमन्त्री ओलीले आज पुनः बैठक बोलाएका हुन् । आज बोलाइएको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत आयोगहरुमा रिक्त ४५ पदमा सिफारिस गर्नेबारेमा छलफल हुनेछ ।

तर, पार्टीको महत्वपूर्ण बैठकको बीचमा संवैधानिक परिषद् बैठक बोलाइएकोमा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् । संवैधानिक परिषद बैठक बोलाएर पार्टीभित्रको संकटलाई झन बढाउन र आशंका थप्न प्रधानमन्त्रीले चाहेको प्रचण्ड निकट नेताले बताएका छन् । उता ओली निकटहरुले भने राज्यसंचालनमा राज्यकै नियम कानून प्रभावि हुनेभन्दै पार्टीको दबाब र निर्देशन अनुचित हुने तर्क गर्दैआएका छन् ।

संवैधानिक परिषद्मा स्वच्छ र सक्षम व्यक्तित्व छान्ने भन्दा पनि राजनीतिक संलग्नताको आधारमा भागवण्डा गर्दै नियुक्ति गर्ने परिपाटी चल्दैआएको छ । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले भागवण्डाकै बार्गेनिङका लागि धेरै पटक बैठक बहिस्कार गर्दै आएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटपछि देउवा यही मंसिर २८ गतेको बैठकमा सहभागिता जनाउने बताएका थिए । तर, भोलिपल्टै हुन लागेको सरकारविरोध प्रदर्शन समेत प्रभावित पर्ने देखिएपछि पार्टीभित्रबाट बढेको दबाबका कारण देउवा सो बैठकमा अनुपस्थित भएका थिए । देउवा आजको बैठकमा उपस्थित हुने प्रधानमन्त्रीले अपेक्षा गरेका छन् ।

शुक्रबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा पनि अनुपस्थित भएका थिए । संसद सचिवालयको कार्यक्रममा व्यस्त भएपनि सत्तारुढ दलभित्र देखिएको विवादको छायाँ सभामुख अनुपस्थित हुनुमा परेको विश्लेषण भएको थियो । सभामुख सापकोटा अब आज के गर्छन् भन्ने विषयले संवैधानिक परिषदको बैठक अघि बढ्ने या नबढ्ने निक्र्यौल हुनेछ ।

संविधानअनुसार प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीस, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य हुन्छन् । उपसभामुख पद एक वर्षदेखि रिक्त छ । बैठक बस्नका लागि ६ सदस्यीय परिषदमा पाँच जना सदस्यको उपस्थिति अनिवार्य हुनुपर्छ ।

बैठक बस्नु २४ घण्टा पूर्व बैठक बस्ने मिति, समय र छलफलका एजेण्डाहरुसहित सदस्यहरुलाई सुचना गर्नुपर्ने ब्यवस्था भएपनि प्रधानमन्त्री ओलीले डाकेको बैठकमा सदस्यहरुलाई बैठकको एजेण्डा दिइएको छैन ।

बैठकमा छलफल गर्ने एजेण्डा तय नभएका कारण आज बस्ने बैठक एजेण्डा छनौटमा नै सकिने अनुमान गरिएको छ । बैठकको कार्यविधि अनुसार एजेण्डा सहितको बैठकमा कुनैपनि निर्णय गर्दा सर्वसम्मत निर्णय हुनुपर्ने व्यवस्था छ । पहिलो पटक सर्वसम्मत हुन नसक्दा दोस्रो बैठक बोलाई बहुमतका आधारमा निर्णय गर्न सकिने संवैधानिक परिषद् बैठकको कार्यविधिमा उल्लेख छ ।

 

 

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ८ : १७ बजे

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको