१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

लोपोन्मुख नाट्यकार खोज्दै कलाकर्मीहरु नेपालगन्जमा, ७ दिने नाट्य कार्यशाला सम्पन्न



नेपालगन्ज । थेटर संस्कृतिमा आधारित अभिनय, कला र नाट्यकारहरु लोप हुँदै गएको अवस्थामा नेपालगन्जमा ७ दिने नाट्य कार्यशाला सम्पन्न भएको छ ।

नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिस्थानको संयोजनामा नेपालगन्जमा भएको नाट्य कार्यशालामा नेपाल संस्कृतिक सन्स्थानका नाट्य बिभाग प्रमुख चलचित्र नायक बिरेन्द्र हमालले नाट्य कलाका बिबिध बिषयम प्रशिक्षण दिएका थिए । थेटर संस्कृति, अभिनय, नाट्य मञ्चनका बिबिध बिषय प्रशिक्षणमा बाँके, बर्दिया, दाङ्ग, कैलाली, सुर्खेत, अछाम, कालिकोट लगायतका जिल्लाहरुबाट ३७ जना युवाहरुको सहभागिता रहेको बाँकेका बरिष्ठ नृत्य निर्देशक सुन्दर गुरुङले जानकारी दिए ।

कार्यक्रमको समापनका अवसरमा मंगलबार नेपालगन्जमा आयोजित कार्यक्रममा कला, संस्कृति र अभिनय क्षेत्रमा योगदान पु-याएका तीन जनालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा कला संगीतको संरक्षण, सम्वद्र्धन एवं प्रवद्र्धनका लागि यस क्षेत्रकै वरिष्ठ संगीतकार तथा गायक स्वर्गीय महेन्द्र हमालको स्मृतिमा स्थापित शान्ति–महेन्द्र हमाल प्रतिष्ठानद्वारा लोक गायक कमल विके निर्मोही, नृत्य निर्देशक सुन्दर गुरुङ्ग र अवधी कलाकार रंगकर्मी वीरेन्द्र हमाललाई सम्मान गरिएको थियो ।

कलाकारत्रयलाई प्रदेश सभासद् हमाल, प्रतिष्ठानका संरक्षक शन्ति हमाल, प्रतिष्ठानका अध्यक्ष तथा एम. आर्ट थियटरका प्रवन्ध निर्देशक वीरेन्द्र हमालले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेेेेका थिए ।

 

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  १० : ४७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले