८ चैत्र २०८२, आइतबार | March 22, 2026

अब बुटवलको हिलपार्कमा पनि जीपलाइनमा सरर



बुटवल । पर्यटकीय र साहसिक खेलका रुपमा परिचित जीप लाइन रुपन्देहीको बुटवलमा पनि सरु भएको छ ।

बाह्य तथा आन्तरिक पर्यटकहरुलाई लक्षित गरी बुटवलको हिलपार्कमा जीप लाइन संचालनमा ल्याइएको हो ।

रुपन्देहीमा फुटबलमा लामो समयदेखि योगदान दिएका खेलप्रेमी हरिप्रसाद श्रेष्ठले यो खेल बुटवलमा भित्राएका हुन् । लक्ष्मी आर्दश सामुदायिक वन उपभोक्ता समुहको हिलपार्क र उत्तरको अर्को डाँडालाई जोड्ने गरी जीप लाइन तयार गरिएको छ ।

स्थानीय लक्ष्मी आर्दश सामुदायिक वन उपभोक्ता समुहसँग सहकार्य गरी बाईल्ड बल्डर्स नेपाल प्रालीले साहसिक खेल संचालनमा ल्याएको हो ।

हिलपार्क जीप लाइन परियोजनामा करीब सवा करोडको गुरुयोजना अनुसार काम भैरहेको संचालक श्रेष्ठले बताए । पहिलो चरणमा जिप लाइनको पूर्वाधार तयार भएको छ ।

दुबै डाँडामा रुखलाई नै आर्कषक ढंगले मचाङ बनाइएको छ । जीपर्लानमा झुण्डिएर पर्यटकले बुटवल शहरको सुन्दर दुश्यावलोकन समेत गर्न पाउने व्यवस्था मिलाईएको श्रेष्ठले बताए । ‘लक्ष्मीनगर र हिलपार्कमा चिल्डेन पार्क बनाउने, चमेना गृह निमार्णको समेत तयारी छ’– उनले भने ।

दुईतर्फी जीप लाईन संचालन भएको नेपालको बुटवलमा मात्र भएको उनले दाबी गरे । एकतर्फी ६ सय ५० मिटर र अर्कोतर्फ ७ सय ५० मिटर गरि दुईतर्फी १ हजार ४ सय मिटर दुरीको यो सम्भवतः नेपालकै सबैभन्दा लामो जीप र्लान समेत भएको उनले बताए ।

वाईल्ड बल्डर्स नेपाल प्रालीका संचालक राजकुमार श्रेष्ठले खेलसंगै वन संरक्षण र आयआर्जनको राम्रो विकल्प भएको बताए । वाइल्ड बल्डर्सले चितवन, गोदावरीमा पनि जीपलाइन संचालनमा ल्याएको छ ।

वनलाई नबिगारी साहसिक खेल भित्राउने काम गरिएको वन उपभोक्ता समुहका अध्यक्ष याम बहादुर थापाले बताए । ‘प्राकृतिक मैत्री रुपमा पूर्वाधार बनाईएको हो’– उनले भने । नेपालमा चितवन, काठमाण्डौबाहिर पोखरा, धुलिखेलमा समेत जीप लाईन संचालनमा छ ।

पर्यटकलाई अहिले उद्घाटनको अवसरमा केही समयका लागि १ हजार ५ सय रुपैयाँ तोकिएको उनले बताए । जीप लाईन शुरुभएसंगै ५ जनाले रोजगार पाएका छन । गुरुयोजना अनुसार पुर्वाधार पुरा भए दुई दर्जन बढीले रोजगार पाउने छन ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ५ : ३९ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा