४ कार्तिक २०८३, बुधबार | October 21, 2026

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने



काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सञ्चालन गर्ने भएको छ ।

गत माघ महिनामा हिउँ परेका र विद्यालय सञ्चालन हुन नसकेका डोल्पा, हुम्ला, जुम्ला तथा मनाङमा खोप अभियान सञ्चालन गर्न थालिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए ।

उनका अनुसार खोप अभियानको आवश्यक तयारी गर्न ती जिल्लामा निर्देशन र स्वास्थ्यकर्मीलाई पनि तालिम दिइसकिएको छ ।

गत माघ २५ देखि फागुन १५ गतेसम्म कक्षा ६ मा पढ्ने र विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप लगाइएको थियो । यसैगरी, कक्षा ७ देखि १० सम्मका बालबालिका तथा ११ देखि १४ वर्षका विद्यालय नजाने किशोरीलाई पनि खोप लगाइएको थियो ।

खोप शाखा प्रमुख डा गौतमले अभियानका क्रममा ७३ जिल्लाका तीन लाख २३ जना किशोरीलाई एचपिभी खोप लगाइएको बताए । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकाले सरकारले त्यसविरुद्ध खोप लगाउने अभियान सञ्चालन गरेको उनले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  १० : ४० बजे

नेपाल प्रहरीले आज काठमाडौं उपत्यकाका यी रुटमा चलाउदै छ निःशुल्क बस

काठमाडौं । बडादसैँको अवसरमा नेपाल प्रहरीले आज पनि काठमाडौं उपत्यकामा

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौं । देशका केही स्थानमा आज हल्का वर्षा तथा हिमपातको

बडादशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात्

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बससेवा

काठमाडौँ । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको