२२ भदौ २०८३, सोमबार | September 7, 2026

राजनीतिक द्वन्द्वको घानमा संसद



काठमाडौं । अधिवेशन बोलाउनुपर्ने बेलामा यति बेला संसद् सुनसान छ । सभामुख अग्निप्रसाद सापकोटा संसद् सचिवालय सिंहदरबारमा रहेको आफ्नो कार्यकक्षमा बिरलै जाने गरेका छन् ।

यता सांसदहरू विशेष अधिवेशनको माग गर्दै सोमबार शीतल निवास पुगे । कांग्रेस र जनता समाजवादी पार्टीले संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरिरहेका छन् ।

विगतदेखि नै कुनै राजीतिक दल संसद्प्रति जवाफदेही देखिएनन्, बरु संसद् दलीय अन्तरद्वन्द्वको घानमा पर्दै आएको छ । यसपटक पनि नेकपाभित्रको अन्तरद्वन्द्वका कारण संसद्को अधिवेशन आह्वान हुन सकेको छैन ।

कोरोना महामारीलाई लक्षित गर्दै सांसदको सिट व्यवस्थापनको तयारी पूरा गरेको भने महिना दिन पुगिसकेको छ । ‘संसद् अधिवेशन बोलाउने विषयमा सरकार तयार नभएपछि सभामुख पनि सचिवालयमा कमैमात्र आउनुभएको छ’, संसद् सचिवालय स्रोतले भन्यो ।

प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश जारी गरेपछि विवाद भई संसद् विघटनसम्म हुनसक्ने आँकलन गरिएको थियो । प्रधानमन्त्री ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको सहमतिबमोजिम अहिलेलाई त्यो अवस्था टरेको अनुमान गरिएको छ ।

तर नेकपाका अन्य वरिष्ठ नेताले भने यसबारे कस्तो भूमिका खेल्ने हुन्, त्यसले पनि राजनीतिक तरंग ल्याउनेछ । पार्टीको दबाबमा प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुपर्ने अवस्था आएमा संसद् विघटन गर्नेसम्मको कुरा चर्चामा आएको थियो । पार्टीभित्रको आन्तरिक राजनीति बिग्रंदै गएपछि प्रधानमन्त्री ओलीले एकपछि अर्को विरोधाभासपूर्ण काम गरेको भनी आलोचना सुरु भएको थियो ।

प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव पारित भएमा, सरकारको नीति तथा कार्यक्रम फेल भएमा, पार्टीले राजीनामा दिनुपर्ने बताएमा पदबाट राजीनामा दिनुपर्ने हुन्छ ।

प्रधानमन्त्रीले राजिनामा दिएर अर्को प्रधानमन्त्री बन्ने अवस्था नबनेमा संसद् विघटन गर्न सकिने संविधानको प्रावधान छ । नत्र संसद् विघटन गर्न नसकिने संविधानविद् डा भीमार्जुन आचार्यले बताउँदै आएका छन् ।

प्रधानमन्त्री अप्ठेरोमा परेको खण्डमा ‘संसद् विघटन’ को हतियार प्रयोग हुन थालेपछि नयाँ संविधानमा संसद् विघटनको प्रावधान नराखिएको संविधानको मस्यौदामाथिको छलफलमा भाग लिएका एक सदस्यले बताए । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ७ : १९ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा