१२ बैशाख २०८१, बुधबार | April 25, 2024

घरघरमा पुगेर व्यक्तीगत घटना दर्ता गराउँदै स्थानीय सरकार



नेपालगन्ज । जन्मदर्ता, बिबाह दर्ता, मृत्यु दर्ता, बसाईसराई जस्ता ब्यक्तिगत बिवरण दर्ता गर्न गाँउपालिका, वडा कार्यालय पुग्नु पर्ने बाध्यतालाई अन्त्य गर्दै बाँकेको डुडुवा गाउँपालिकाले घरघरमा आएर ब्यक्तिगत घटना दर्ता गरिदिन थालेको छ । पालिकाले व्यक्तीगत घटना दर्ताका लागि घरदैलो अभियान शुरु गरपछि स्थानीयबासी घटना दर्ता गर्न स्थानीय पालिका पुग्नुपर्ने बाध्यता हटेको हो ।

गाउँपालिकाका कुनै पनि नागरिकले सेवाबाट वञ्चित नहुन र समयमा नै घटना दर्ता गर्ने बानीको विकास गर्ने उद्देश्यले घर घरमा पुगेर घटना दर्ताको विवरण संकलन शुरु गरिएको गाँृपालिकाले जनाएको छ ।

नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्र्तगत डुडुवा गाउँपालिकाले प्रत्यक वडामा शिविर खडा गरेर घटना दर्ता गर्न थालेको छ । गाउँपालिकाका कुनै पनि नागरिकलाई सेवाबाट बञ्चित हुन नदिन र घरघरमा सेवा पुरयाउने लक्ष्य अनुसार घरदैलो अभियान शुरु गरिएको डुडुवा गाँउपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले बताए । उनले भने–‘हाम्रो मधेशी समुदायमा अशिक्षाको कमी छ, काम लागेमा मात्र कागजात बनाउने परम्परा रहेको छ, त्यसको अन्त्य गरि समयमा घटना दर्ता गराउन सचेतना अभिबृद्धि गराउन घरदैलो अभियान शुरु गरेका छौ ।’ अध्यक्ष चौधरीले यो अभियानसंगै केही दिनभित्रै जग्गाको मालपोत कर पनि घरदैलो अभियानमार्फत संकलन गर्ने तयारी भईरहेको जानकारी दिए ।

शिविरमा गाउँपालिकाबाट वडा सचिवसहितको करिब ४२ जना जनशक्ति परिचालन गरिएको पालिकाका एम आइ अपरेटर कौशलकुमार कैरातीले बताए । कैरातीका अनुसार प्रत्येक घरमा पुगेर घटना दर्ताका लागि विवरण संकलन गरि प्रमाणपत्र तयार गरेर फेरी घरमै पुरयाइने छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ८ : ०४ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको