६ श्रावण २०८३, बुधबार | July 22, 2026

घरघरमा पुगेर व्यक्तीगत घटना दर्ता गराउँदै स्थानीय सरकार



नेपालगन्ज । जन्मदर्ता, बिबाह दर्ता, मृत्यु दर्ता, बसाईसराई जस्ता ब्यक्तिगत बिवरण दर्ता गर्न गाँउपालिका, वडा कार्यालय पुग्नु पर्ने बाध्यतालाई अन्त्य गर्दै बाँकेको डुडुवा गाउँपालिकाले घरघरमा आएर ब्यक्तिगत घटना दर्ता गरिदिन थालेको छ । पालिकाले व्यक्तीगत घटना दर्ताका लागि घरदैलो अभियान शुरु गरपछि स्थानीयबासी घटना दर्ता गर्न स्थानीय पालिका पुग्नुपर्ने बाध्यता हटेको हो ।

गाउँपालिकाका कुनै पनि नागरिकले सेवाबाट वञ्चित नहुन र समयमा नै घटना दर्ता गर्ने बानीको विकास गर्ने उद्देश्यले घर घरमा पुगेर घटना दर्ताको विवरण संकलन शुरु गरिएको गाँृपालिकाले जनाएको छ ।

नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्र्तगत डुडुवा गाउँपालिकाले प्रत्यक वडामा शिविर खडा गरेर घटना दर्ता गर्न थालेको छ । गाउँपालिकाका कुनै पनि नागरिकलाई सेवाबाट बञ्चित हुन नदिन र घरघरमा सेवा पुरयाउने लक्ष्य अनुसार घरदैलो अभियान शुरु गरिएको डुडुवा गाँउपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले बताए । उनले भने–‘हाम्रो मधेशी समुदायमा अशिक्षाको कमी छ, काम लागेमा मात्र कागजात बनाउने परम्परा रहेको छ, त्यसको अन्त्य गरि समयमा घटना दर्ता गराउन सचेतना अभिबृद्धि गराउन घरदैलो अभियान शुरु गरेका छौ ।’ अध्यक्ष चौधरीले यो अभियानसंगै केही दिनभित्रै जग्गाको मालपोत कर पनि घरदैलो अभियानमार्फत संकलन गर्ने तयारी भईरहेको जानकारी दिए ।

शिविरमा गाउँपालिकाबाट वडा सचिवसहितको करिब ४२ जना जनशक्ति परिचालन गरिएको पालिकाका एम आइ अपरेटर कौशलकुमार कैरातीले बताए । कैरातीका अनुसार प्रत्येक घरमा पुगेर घटना दर्ताका लागि विवरण संकलन गरि प्रमाणपत्र तयार गरेर फेरी घरमै पुरयाइने छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ८ : ०४ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९